
१रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
२अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
३राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
४माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
६फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
७दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
८प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
९एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
१०क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
११सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
१२नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
७आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
८रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
काठमाडौं । नेकपा (बहुमत)ले जेनजी आन्दोलनका नाममा भएको राजतीनिक पश्चगमनलाई अन्त्य गर्नका लागि दलाल पूँजीवादी गणतन्त्रलाई समाजवादी गणतन्त्रमा रुपान्तरण गर्नुपर्नेमा जोड दिएको छ । सो पार्टीका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले आज एक विज्ञप्तिमार्फत् यस्तो कुरामा जोड दिएका हुन् ।
बास्तोलाले विज्ञप्तिमा दलाल चरित्रको संसदीय व्यवस्थाले निम्त्याएका भ्रष्टाचार, अत्याचार, कुशासन र लुटतन्त्र नै जेनजी पुस्ताको आक्रोशको रुपमा विष्फोट भएको भन्दै आफ्नो पार्टीले लामो समयदेखि नेपाली जनताको बीच बहसमा पुर्याएका “जननिर्वाचित कार्यकारी प्रमुख”, “विज्ञसहितको मन्त्री परिषद”, “जनताको कानुन निर्माण गर्ने जनप्रतिनीधि सभा”, “निर्वाचित न्यायपालिका”, “हरेक नागरिककालागि जन्मसिद्ध जमिनमा अधिकार हुने संवैधानिक व्यवस्था” “शिक्षा र स्वास्थ्यमा नीजिकरणको पूर्ण अन्त्य” लगायतका विषयहरु तत्काल लागु गर्नुपर्ने माग गरेका छन् ।
विज्ञप्तिमा उनले आफ्नो पार्टीले माथि उठाइएका मागहरु लागु गर्नका लागि जेनजी बिद्रोहको वास्तविक प्रतिनिधित्व सहित तत्काल स्वाधीन संयुक्त सरकारको गठन आवश्यक रहेकोमा जोड दिएका छन् । साथै उनले जेनजी बिद्रोहको परिणामले अहिले देश यथास्थितिको आवरणमा पश्चगमनको अवस्थामा रहेको भन्दै २०७२ सालको संविधान सारतः अन्त्य भइसकेकोले अब नयाँ संविधान लेख्नुपर्ने बेला आइसकेकोमा उनको जिकीर रहेको छ ।
बास्तोलाले जारी गरेको विज्ञप्ति जस्ताको तस्तै :
प्रेस विज्ञप्ति
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई संविधान कार्यान्वयनको दशक पुरा भएको छ । यो अवधिमा नेपाली जनताले भ्रष्टाचार, लुटतन्त्र, नातावाद, कुशासन, विदेशी हस्तक्षेप, राष्ट्रघात, लोकतन्त्रको नाममा सत्ताधारीहरुको अराजकता एवम् निरंकुशता, राजनीतिमा नोकरशाहीकरण र एकाधिकार तथा सिन्डिकेट प्रणाली, बैंकहरुको वित्तीय शोषण, युवाहरुको विश्व बजारमा निर्यात व्यापार जस्ता विकृति झेल्नुको परिणाम जेनजी आन्दोलनको नाममा जनबिद्रोहको ज्वालामुखि विष्फोटको अवस्थामा पुर्यायो ।
यसप्रकारका विकृति पैदा हुनुको मुख्य कारण संविधानले आधारभूत जनताको हित गर्ने नभएर दलाल पूँजीपति वर्गको स्वार्थ अनुकूल हुनु हो । जेनजी बिद्रोहको परिणाम अहिले देश यथास्थितिको आवरणमा पश्चगमनको अवस्थामा रहेको छ र २०७२ सालको संविधान सारतः अन्त्य भएको छ ।
अहिले नेपालका यथास्थितिवादी र पश्चगामी शक्तिहरु यहि संविधान कायम गर्ने वा २०४७ सालको संविधान लागु गर्ने सोचबाट आफ्ना राजनीतिक हर्कतहरु बढाइरहेका छन् । जेनजी सहित आमजनता आबद्ध आन्दोलनको मुल मर्म अपहरित भएको अवस्थामा कुनै पनि पक्षबाट पस्कने सुधारका प्रलोभनहरु जनतामाथि नयाँ प्रकारले लुटपाट गर्ने, देशलाई कंगाल बनाउने प्रक्रियाकै निरन्तरता हुने निश्चित छ । नेपाली भूराजनीतिक अवस्था, दलाल पूँजीवादले पैदा गरेको आर्थिक पराधीनता, नवऔपनिवेशिक उत्पीडनका बिच कुनै पनि प्रकारको यथास्थिति र पश्चगमनका कदमहरुले नेपाली जनताका राजनीतिक, आर्थिक, सामाजिक समस्या समाधान हुन सक्दैनन् । अतः आजको निर्विकल्प आवश्यकता सिंगो पुँजीवादी राज्यसत्ताको अन्त्य गरी वर्तमान दलाल पूँजीवादी गणतन्त्रलाई समाजवादी गणतन्त्रमा रुपान्तरण गर्नु हो ।
हाम्रो पार्टीले लामो समयदेखि नेपाली जनताको बीच बहसमा पुर्याएका “जननिर्वाचित कार्यकारी प्रमुख”, “विज्ञसहितको मन्त्री परिषद”, “जनताको कानुन निर्माण गर्ने जनप्रतिनीधि सभा”, “निर्वाचित न्यायपालिका”, “हरेक नागरिककालागि जन्मसिद्ध जमिनमा अधिकार हुने संवैधानिक व्यवस्था” “शिक्षा स्वास्थ्यमा नीजिकरणको पूर्ण अन्त्य” लगायतका बिषयहरु उठाउँदै आएको सर्वविदितै छ । यी कुराहरु लागु गर्नका लागि जेनजी बिद्रोहको वास्तविक प्रतिनिधित्व सहित तत्काल स्वाधीन संयुक्त सरकारको गठन आवश्यक छ । यसका लागि हाम्रो पार्टी देश विदेशमा रहेका सम्पूर्ण देशभक्त, जनवादी, क्रान्तिकारी, सर्वहारा, श्रमजीवी, उत्पीडित जनतामा संघर्षमा अघि बढ्न हार्दिक अपिल गर्दछ ।
क्रान्तिकारी अभिवादन सहित !
३ असोज, २०८२
………………
कञ्चन
महासचिव



१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
प्रतिक्रिया