काठमाडौं । भारतले नेपाल भ्रमण गर्न चाहने भारतीयहरूका लागि ट्राभल एड्भाइजरी जारी गरेको छ । पछिल्लो हप्ता शान्त भए पनि नेपाल भ्रमण गर्दा ध्यान दिनु भन्दै जारी भएको एड्भाइजरीमा नेपाल भ्रमण गर्दा सचेत हुन र सल्लाहकारको कुरा सुन्न आग्रह गरिएको छ ।
१० दिनअगाडि पनि भारतले नेपाल भ्रमणका बारेमा ट्राभल एड्भाइजरी जारी गरेको थियो । एड्भाइजरीमा नेपालमा भएका भारतीयलाई सुरक्षित स्थानमा बस्न र भारतबाट नेपाल भ्रमण रद्द गर्न आग्रह गरेको थियो ।
नेपालमा जेनजीकाे नाममा हिंसात्मक विद्राेह सुरू भएपछि नेपाल अशान्त बनेकाे छ । नेपालमा भएकाे विद्राेहकाे प्रभावका कारण भारतमा पनि विद्राेह हुने भयले भारतमा पनि सतर्कता अपनाइएकाे छ ।
प्रतिक्रिया