
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । कुलमान घिसिङ विद्युत प्राधिकरणको निर्देशकको जिम्मेवारीमा हुँदा प्रमको जिम्मेवारीमा विराजमान केपी ओलीले उनलाई विद्युतको बाँकी बक्यौता उठाउन रोकेका थिए ।
कुलमान विजुलीको बक्यौता उठाउन सफल भएमा त्यसको जस माओवादीलाई जाने र चुनावमा एमालेलाई हुने ठानेर ओलीले सो रकम उठाउन रोकेका थिए ।
ओलीको यो कदमको फाइदा माओवादीले लिन खोज्यो र ठूला घराना व्यापारीसित कमिसन खाने खेलमा ओली सरकारले विजुलीको बाँकी बक्यौता उठाउन नदिएको आरोप लगायो । माओवादीको यो भावनात्मक नारा धेरैको लागि गुलियो नै लाग्यो ।
बक्यौता उठाउन जोडबलले लागेका निर्देशक कुलमानलाई अन्ततः ओलीले पदबाट बर्खास्त गरे र त्यो पदमा ल्याए उनले आफ्नै ‘सालाबाबु’ हितेन्द्रदेव शाक्यलाई । त्यसपछि विजुलीको बाँकी बक्यौता उठाउने कुलमानको अभियानमा ब्रेक लगाइयो । विजुली प्राधिकरणलाई नाफामा दौडाइरहेका कुलमानलाई हटाएर आफ्नो सालोलाई पदमा पुर्याएर बक्यौता उठाउन रोकेर ठूला व्यापारीसित कमिसन खायो भन्ने ब्यापक प्रचारले एमालेलाई राजनीतिकरुपमा घाटा पुर्यायो ।
‘१२ वर्षमा खोलो फर्किन्छ’ भन्ने नेपाली उखान निकै छोटो समयमै उल्टियो । पदबाट बर्खास्तीमा परेको १ वर्ष नपुग्दै तिनै कुलमान विद्युत प्राधिकरणको विभागीय ऊर्जामन्त्री बनेर आए र तत्काल विजुलीको बाँकी बक्यौता उठाउन बर्खास्तीमा परेका कुलमानकै पदमा आइपुगेका हितेन्द्रदेव शाक्यलाई निर्देशन दिएका छन् ।
सत्ताको उचाल र पछारको खेल पनि अचम्मैको छ । ओलीको भर्याङ चढेर विजुली विभागको हाकिम बनेका शाक्यलाई बक्यौता उठाउन निर्देशन दिन आइपुगे उनै कुलमान, जोसित हितेन्द्रको केही समयअघि उछिनपाछिन परेको थियो ।
‘जो मन परेको उही पर्यो जेठाजू’ भनेझैं जोसित पदको उछिनपाछिन परेको थियो उही मान्छे विभागीय मन्त्री बनेर आफैलाई निर्देशन दिन आइपुगेपछि शाक्यलाई पर्यो फसाद । तर राजनीतिमा आइरहने उतारचढावलाई स्वाभाविक खेल ठानेर हितेन्द्र भने विजुलीको बाँकी बक्यौता उठाउन तयार भएका छन् ।
हितेन्द्रलाई बक्यौता नउठाउन निर्देशन दिने केपी ओली सत्ताबाट मिल्काइएको बेला कुलमानको निर्देशन मान्दिन भन्न पनि हितेन्द्रलाई निकै अफ्ठ्यारो छ । ‘जे हुन्छ राम्रैका लागि हुन्छ भनेझैं’ कुलमान र हितेन्द्र मिलेर जनतालाई अँध्यारोमा राखेर विजुली दिएर चलाएर नाफा कुम्ल्याएका विदेशी कम्पनी र विदेशी मालिकका शेयर रहेका कारखानाहरुले तिर्न बाँकी बक्यौता पुराका पुरा उठाएर जनताको नजरमा राम्रा र साहसी प्रशासकका रुपमा यी दुई स्थापित होऊन् ।
यसैबीच अर्बौं रकम बाँकी विद्युत् बक्यौता उठाउन नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठक डाक्ने तयारी भएको समाचार आएको छ । केपी ओलीले हटाएका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले उर्जामन्त्रीको कार्यभार सम्हाले लगत्तै विद्युतको बक्यौता उठाउने सम्बन्धी पहिलो निर्णय गरेका थिए ।
सोही निर्णयलाई कार्यान्वयनमा लैजानका लागि चाँडै बोर्ड बैठक डाक्ने तयारी भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।
उनका अनुसार सोमबार वा मंगलवार नै बैठक बसेर बिजुली बक्यौता उठाउन चाल्ने कदमबारे निर्णय लिइनेछ । शाक्यले सरकारको निर्णय मानेरै बक्यौता उठाउन लाग्ने समेत बताएका छन् ।
‘बक्यौता सम्बन्धी जुन मन्त्रीज्यूको निर्णय छ । यसलाई हामीले कार्यान्वयन गर्छौं । विद्युत् प्राधिकरणको मन्त्रिज्यू नै अध्यक्ष हुने व्यवस्था छ । बोर्डले निर्णय गर्नासाथ बक्यौता उठाउन लाग्छौं,’ शाक्यले भने, ‘बक्यौताका विषयमा हामीले बोर्डबाटै निर्णय गर्छौैं । बोर्डमा मन्त्रीज्यू नै अध्यक्ष भएकाले निर्णय भएर कार्यान्वयन अघि बढ्नेछ । भोलि अथवा पर्सिमै बोर्ड बैठक बस्छ ।’
बोर्ड बैठकबाट निर्णय भएपछि बक्यौता उठाउन कुनै समस्या नभएको समेत उनले बताए । कुलमान विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएको बेला पटकपटक विद्युत बक्यौता उठाउन भनेर तिर्न बाँकी रहेको उद्योगीको लाइन काट्दै आएका थिए ।
तर, प्रधानमन्त्री केपी ओली भएका बेला पनि कुलमानले बक्यौता नदिने व्यवसायीको बिजुलीको लाइन काट्दा ओलीले भने लाइन जोड्न निर्देशन दिएका थिए ।
प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महशुल बुझाउन धेरै पटक उद्योगी तथा व्यवसायीलाई ताकेता गर्दै आएको छ । तर ठूला दलका ठूला नेताको भरोसा पाउँदै आएका व्यवसायीहरु भने बक्यौता नतिर्ने दाउमा छन् । तर अब भने उनीहरुको लागि माहोल बिग्रिएको छ र उनीहरुले अब ओली जस्ता शासकहरुको आडभरोसा पाउने छैनन् र उनीहरुले बक्यौता तिर्नेपर्नेछ ।
प्राधिकरणले उद्योग तथा अन्य सार्वजनिक क्षेत्रले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत् लिएको विद्युतको जरिवानासहित करिव २५ अर्ब रुपैयाँ उठाउनु पर्ने बताइरहेको छ ।
उद्योगीलाई लोडसेडिङको समयमा २४ घण्टा नै विद्युत् प्रयोग दिइएको थियो । तर उद्योगीले प्रयोग नगरेको बिजुलीको समेत बिल आएको भनेर उद्योगीले नतिर्ने बताउँदै आएका छन् ।
विजुली विभागले भने प्रयोग नगरिएको समयको बिल व्यवसायीलाई नपठाइएको दाबी गर्दै आएको थियो । अब प्राधिकरणले बक्यौता उठाउने कदम बढायो भने व्यवसायीले कस्तो प्रतिकृया दिने छन् त्यो भने हेर्न बाँकी छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया