
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौं । भारतको केन्द्र प्रशासित भूमि लद्दाखमा बुधबार युवा प्रदर्शनकारी–प्रहरीबीच झडप भएपछि हिंसा र आगजनीको घटना भएको छ ।
भारतको समाचार एजेन्सी एएनआईका अनुसार, झडपका क्रममा प्रदर्शनकारीहरूले लद्दाखको सदरमुकाम लेहमा रहेको भारतीय जनता पार्टी (बीजेपी)को कार्यालयमा आगो लगाइदिएका छन् ।
लद्दाखमा पूर्ण राज्यको दर्जा र छैटौँ अनुसूचीका लागि आन्दोलन केन्द्र शासित प्रदेश लद्दाखलाई पूर्ण राज्यको दर्जा दिन र संविधानको छैटौँ अनुसूचीमा समावेश गर्नुपर्ने माग राख्दै वातावरणविद् तथा सामाजिक कार्यकर्ताहरू विगत दुई हप्तादेखि भोक हडतालमा छन् ।
बुधबार सोनम वाङचुकको समर्थनमा ठूलो संख्यामा मानिसहरू लेहका सडकमा उत्रिए । केही युवाहरूले कथित रूपमा लेह हिल काउन्सिलको भवनमा ढुंगामुढा गरी आफ्नो आक्रोश व्यक्त गरेका थिए ।
समाचार एजेन्सी पीटीआईका अनुसार, प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास र लाठीचार्ज गरेको थियो । केही भिडियोहरूमा लेह सहरमा धेरै सवारीसाधनहरू जलिरहेको र केही झडपहरू भएको देखिएको छ ।
बीजेपी प्रदेश अध्यक्ष ताशी ग्यालसन खाचूले बीबीसी संवाददाता माजिद जहांगीरलाई फोनमा बताएअनुसार उनको पार्टी कार्यालयमा आगजनी गरिएको छ र लेहमा स्थिति तनावपूर्ण छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार, लेहमा बुधबार भएको हिंसामा चारजनाको मृत्यु र करिब ३० जना घाइते भएका छन् । लेहमा पाँच वा सोभन्दा बढी व्यक्तिहरू जम्मा हुन प्रतिबन्ध लगाइएको छ । जिल्ला मजिस्ट्रेटको आदेशअनुसार लेहमा पूर्वलिखित अनुमतिबिना कुनै पनि जुलुस, र्याली वा मार्च निकाल्न पाइने छैन ।
सोनम वाङचुकद्वारा शान्तिको अपिल
सोनम वाङचुकले सामाजिक सञ्जाल एक्समा एक भिडियो सन्देश जारी गर्दै शान्तिको अपिल गरेका छन् ।
उनले भने, “यहाँ केही मानिस ३५ दिनदेखि अनशन गरिरहेका थिए । हिजो उनीहरूमध्ये दुईजनाको स्वास्थ्य बिग्रियो र उनीहरूलाई निकै गम्भीर अवस्थामा अस्पताल भर्ना गरियो । यसबाट मानिसहरूमा धेरै आक्रोश छ र आज पूरै लेहमा बन्दको घोषणा गरियो । यस दौरान हजारौँको संख्यामा युवाहरू सडकमा उत्रिए । यो एक प्रकारको ‘जेनजी रिभोलुसन’ थियो ।”
“पाँच वर्षदेखि ‘जेनजी’ युवाहरू बेरोजगार छन् । एकपछि अर्को बहाना बनाएर उनीहरूलाई जागिरबाट बाहिर राखिँदै छ र लद्दाखलाई पनि संरक्षण दिइएको छैन । आज यहाँ कुनै लोकतान्त्रिक मञ्च छैन,” उनले थप भने । सोनम वाङचुकले कुनै पनि परिस्थितिमा युवाहरूलाई हिंसाको बाटो नअपनाउन अपिल गरेका छन् ।
वार्ताका लागि नयाँ मिति तय
समाचार एजेन्सी पीटीआईका अनुसार, केन्द्र र लद्दाखका प्रतिनिधिहरूबीच अक्टोबर ६ मा वार्ताको एक नयाँ चरण निर्धारण गरिएको छ । जसमा लेह एपेक्स बडी र कारगिल डेमोक्रेटिक अलायन्सका सदस्यहरू सहभागी हुनेछन् ।
प्रतिक्रिया