
१नेकपा (बहुमत) कञ्चनपुरद्धारा भिमदत्त पन्तको शालिकमा माला लगाएर जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
२लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
३नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
४कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
५नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
६नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
७नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
८दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
९जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत रूपन्देहीमा नेकपा (बहुमत)५ नं. ब्यूरोको राजनीतिक प्रशिक्षण
१०अछामका ११ वर्षीय बालक किड्नी निकालिएको अवस्थामा फेला, प्रगतिशील नेपाली जनसमाज समितिद्धारा छानविनको माग
११नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
१२नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
काठमाडौं । भारतको केन्द्र प्रशासित भूमि लद्दाखमा बुधबार युवा प्रदर्शनकारी–प्रहरीबीच झडप भएपछि हिंसा र आगजनीको घटना भएको छ ।
भारतको समाचार एजेन्सी एएनआईका अनुसार, झडपका क्रममा प्रदर्शनकारीहरूले लद्दाखको सदरमुकाम लेहमा रहेको भारतीय जनता पार्टी (बीजेपी)को कार्यालयमा आगो लगाइदिएका छन् ।
लद्दाखमा पूर्ण राज्यको दर्जा र छैटौँ अनुसूचीका लागि आन्दोलन केन्द्र शासित प्रदेश लद्दाखलाई पूर्ण राज्यको दर्जा दिन र संविधानको छैटौँ अनुसूचीमा समावेश गर्नुपर्ने माग राख्दै वातावरणविद् तथा सामाजिक कार्यकर्ताहरू विगत दुई हप्तादेखि भोक हडतालमा छन् ।
बुधबार सोनम वाङचुकको समर्थनमा ठूलो संख्यामा मानिसहरू लेहका सडकमा उत्रिए । केही युवाहरूले कथित रूपमा लेह हिल काउन्सिलको भवनमा ढुंगामुढा गरी आफ्नो आक्रोश व्यक्त गरेका थिए ।
समाचार एजेन्सी पीटीआईका अनुसार, प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास र लाठीचार्ज गरेको थियो । केही भिडियोहरूमा लेह सहरमा धेरै सवारीसाधनहरू जलिरहेको र केही झडपहरू भएको देखिएको छ ।
बीजेपी प्रदेश अध्यक्ष ताशी ग्यालसन खाचूले बीबीसी संवाददाता माजिद जहांगीरलाई फोनमा बताएअनुसार उनको पार्टी कार्यालयमा आगजनी गरिएको छ र लेहमा स्थिति तनावपूर्ण छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार, लेहमा बुधबार भएको हिंसामा चारजनाको मृत्यु र करिब ३० जना घाइते भएका छन् । लेहमा पाँच वा सोभन्दा बढी व्यक्तिहरू जम्मा हुन प्रतिबन्ध लगाइएको छ । जिल्ला मजिस्ट्रेटको आदेशअनुसार लेहमा पूर्वलिखित अनुमतिबिना कुनै पनि जुलुस, र्याली वा मार्च निकाल्न पाइने छैन ।
सोनम वाङचुकद्वारा शान्तिको अपिल
सोनम वाङचुकले सामाजिक सञ्जाल एक्समा एक भिडियो सन्देश जारी गर्दै शान्तिको अपिल गरेका छन् ।
उनले भने, “यहाँ केही मानिस ३५ दिनदेखि अनशन गरिरहेका थिए । हिजो उनीहरूमध्ये दुईजनाको स्वास्थ्य बिग्रियो र उनीहरूलाई निकै गम्भीर अवस्थामा अस्पताल भर्ना गरियो । यसबाट मानिसहरूमा धेरै आक्रोश छ र आज पूरै लेहमा बन्दको घोषणा गरियो । यस दौरान हजारौँको संख्यामा युवाहरू सडकमा उत्रिए । यो एक प्रकारको ‘जेनजी रिभोलुसन’ थियो ।”
“पाँच वर्षदेखि ‘जेनजी’ युवाहरू बेरोजगार छन् । एकपछि अर्को बहाना बनाएर उनीहरूलाई जागिरबाट बाहिर राखिँदै छ र लद्दाखलाई पनि संरक्षण दिइएको छैन । आज यहाँ कुनै लोकतान्त्रिक मञ्च छैन,” उनले थप भने । सोनम वाङचुकले कुनै पनि परिस्थितिमा युवाहरूलाई हिंसाको बाटो नअपनाउन अपिल गरेका छन् ।
वार्ताका लागि नयाँ मिति तय
समाचार एजेन्सी पीटीआईका अनुसार, केन्द्र र लद्दाखका प्रतिनिधिहरूबीच अक्टोबर ६ मा वार्ताको एक नयाँ चरण निर्धारण गरिएको छ । जसमा लेह एपेक्स बडी र कारगिल डेमोक्रेटिक अलायन्सका सदस्यहरू सहभागी हुनेछन् ।
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रतिक्रिया