News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

दुर्गा प्रसाईँको दाबी : ‘जेनजी आन्दोलन विदेशीको डिजाइनमा, फागुन २१ मा निर्वाचन असम्भव’

असोज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जेनजी आन्दोलन विदेशी शक्तिको योजनाअनुसार भएको दाबी गरेका छन् । सोमबार झापाबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आन्दोलनको प्रारम्भिक चरण दुई घण्टासम्म मात्र ‘जेनजी’ युवाहरुको भएको बताउँदै त्यसपछि विदेशी हस्तक्षेपमा पुगेको आरोप लगाए ।
‘भाद्र २३ गतेको जेनजी आन्दोलनमा दुई घण्टा मात्र बच्चाहरुले गरेका हुन् । ११ बजेदेखि १ बजेसम्म आन्दोलन जेनजीहरुको थियो, त्यसपछि पूरै आन्दोलन विदेशीहरुको कब्जामा गयो,’ प्रसाईँले भने । उनका अनुसार आन्दोलनका नाममा देशका संरचनाहरुमा आगजनी र तोडफोड गरी देश विघटनको प्रयास गरिएको थियो । ‘एउटा कोठामा बसेर विदेशीहरुले आन्दोलन डिजाइन गरे, सिंहदरबारदेखि सार्वजनिक सम्पत्तिसम्ममा आगो लगाएर देश अस्थिर पार्ने योजना बनाइयो,’ उनले आरोप लगाए ।
सरकार ‘डलरमा बनेको’ दाबी गर्दै प्रसाईँले देश नीतिगत रूपमा विदेशी नियन्त्रणमा पुगेको टिप्पणी गरे । साथै उनले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन सम्भव नहुने ठोकुवा समेत गरे ।

प्रतिक्रिया