
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
असोज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जेनजी आन्दोलन विदेशी शक्तिको योजनाअनुसार भएको दाबी गरेका छन् । सोमबार झापाबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आन्दोलनको प्रारम्भिक चरण दुई घण्टासम्म मात्र ‘जेनजी’ युवाहरुको भएको बताउँदै त्यसपछि विदेशी हस्तक्षेपमा पुगेको आरोप लगाए ।
‘भाद्र २३ गतेको जेनजी आन्दोलनमा दुई घण्टा मात्र बच्चाहरुले गरेका हुन् । ११ बजेदेखि १ बजेसम्म आन्दोलन जेनजीहरुको थियो, त्यसपछि पूरै आन्दोलन विदेशीहरुको कब्जामा गयो,’ प्रसाईँले भने । उनका अनुसार आन्दोलनका नाममा देशका संरचनाहरुमा आगजनी र तोडफोड गरी देश विघटनको प्रयास गरिएको थियो । ‘एउटा कोठामा बसेर विदेशीहरुले आन्दोलन डिजाइन गरे, सिंहदरबारदेखि सार्वजनिक सम्पत्तिसम्ममा आगो लगाएर देश अस्थिर पार्ने योजना बनाइयो,’ उनले आरोप लगाए ।
सरकार ‘डलरमा बनेको’ दाबी गर्दै प्रसाईँले देश नीतिगत रूपमा विदेशी नियन्त्रणमा पुगेको टिप्पणी गरे । साथै उनले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन सम्भव नहुने ठोकुवा समेत गरे ।
प्रतिक्रिया