
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
२८ असोज, जनकपुर । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरिएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि बुधबार अपराह्न ४ बजेसम्मका लागि दलहरुलाई आह्वान गरेकी हुन् । सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने तयारी गरेका थिए । तर, पर्याप्त समर्थन नपाएपछि उनले बैठकमै राजीनामा घोषणा गरे । सिंहको राजीनामा प्रदेश प्रमुखले स्वीकृत समेत गरिसकेकी छन् ।
यसअघि नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णा प्रसाद यादवले जनमत पार्टी र एमालेसँगको गठबन्धनमा आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव अघि सारेका थिए । अब बुधबार दिउँसो ४ बजेसम्म अन्य कुनै दलले दाबी पेश नगरेको खण्डमा यादवको नेतृत्वमा कांग्रेसकै पहलमा नयाँ सरकार गठन हुने देखिएको छ । मधेसको सत्ता समीकरण फेरिने संकेतसँगै प्रदेशको राजनीतिक माहोल पुनः सक्रिय बनेको छ ।
प्रतिक्रिया