
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छन् । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन तयारीका विषयमा दलहरूबीच समन्वय गर्न प्रधानमन्त्रीले छलफल आयोजना गर्न लागेकी हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराह्न प्रधानमन्त्री कार्कीले राष्ट्रिय मान्यता प्राप्त सात वटा दलका शीर्ष नेताहरूसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ । बैठकमा आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन, निर्वाचन सुरक्षा, कानुनी तयारी र राजनीतिक सहकार्यका विषयमा छलफल हुने बताइएको छ ।
हालसम्म निर्वाचनबारे राजनीतिक दलहरूसँग पर्याप्त परामर्श नगरेको भन्दै अन्तरिम सरकारले आलोचना खेप्दै आएको छ । सोही आलोचना बीच प्रधानमन्त्री कार्कीले दलहरूसँग प्रत्यक्ष संवाद सुरु गर्न लागेकी हुन् । गत भदौ २३ र २४ गतेको ‘जेन–जी आन्दोलन’पछि बनेको कार्की नेतृत्वको अन्तरिम सरकारले छ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने म्यान्डेट पाएको छ । यसअन्तर्गत सरकारले निर्वाचनका तयारीलाई अन्तिम चरणमा पुर्याउने उद्देश्यसहित दलहरूसँग सहकार्यका बाटा खोज्ने प्रयास थालेको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया