News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कला-साहित्य समाचार

नेपाल संवत् ११४६ को अवसरमा राजधानीमा नेवार समुदायको भव्य र्‍याली

काठमाडौं, कात्तिक ५ । नेपाल संवत् ११४६ को नयाँ वर्ष बुधबारदेखि देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ । राजधानी काठमाडौंको वसन्तपुर क्षेत्र नेवार समुदायको सांस्कृतिक रौनकले आज बिहानैदेखि रंगिएको छ । नेपाल संवतलाई नयाँ वर्षका रूपमा मनाउने नेवार समुदायले वसन्तपुर दरबार क्षेत्रबाट परम्परागत भेषभूषा, बाजागाजा, नाचगान र झाँकी प्रदर्शनसहित भव्य सांस्कृतिक र्‍यालीको आयोजना गरेको हो । र्‍यालीमा सहभागीहरूले शंखधर साख्वाको योगदानलाई स्मरण गर्दै नेपाल संवतको ऐतिहासिक र सांस्कृतिक महत्व उजागर गरेका छन् ।
राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ (इ.सं. ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गरेका थिए । त्यसै दिनदेखि नेपालको मौलिक संवतका रूपमा यसलाई मनाउने परम्परा चलिआएको हो ।आजको र्‍यालीमा स्थानीय बासिन्दा, युवा समूह, गुठीका प्रतिनिधि र विभिन्न सांस्कृतिक संस्थाहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो । वसन्तपुर दरबार क्षेत्र परम्परागत संगीत र नाचगानले गुञ्जिएको छ । नेपाल संवतलाई हाल काठमाडौंसहित देशका विभिन्न सहर र विदेशमा रहेका नेपाली समुदायले पनि नयाँ वर्षको रूपमा उल्लासपूर्वक मनाउने गर्छन् ।

प्रतिक्रिया