
१मजदुर दिवसमा नेकपा (बहुमत) को सन्देशः श्रमिक एकता र अधिकारका लागि संघर्ष जारी
२रोल्पामा जीप दुर्घटना : २० जनाको मृत्यु, नेकपा(बहुमत) द्वारा शोक व्यक्त
३ट्रम्पविरुद्ध धम्की दिएको आरोपमा पूर्व एफबीआई प्रमुख जेम्स कोमी अदालतमा उपस्थित
४आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
५गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
६मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
७नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
८आईपीएलमा पन्जाबको दबदबा, मुम्बई ७ विकेटले पराजित
९हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
१०आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
११भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
१२युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३संस्मरण : त्यो रात !
४आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
५मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
६नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
७गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
८भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
९युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
१०आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
११हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
१२आईपीएलमा पन्जाबको दबदबा, मुम्बई ७ विकेटले पराजित
काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) सँग अघि बढाइएको एकताको छलफलप्रति असहमति जनाएका छन् । सञ्चारमाध्यमहरूमा आफू पनि सहमत भएको भन्ने समाचार सार्वजनिक भएपछि उनले आफ्नो सचिवालयमार्फत त्यसको खण्डन गरेका हुन् । खनालका प्रेस सहयोगी मिलन उपाध्यायका अनुसार नेता खनाल पार्टी एकीकरण होइन, पार्टी पुनर्गठन र सुदृढीकरणकै पक्षमा छन् । उपाध्यायले भने, “मैले कमरेड झलनाथ खनालसँग प्रत्यक्ष सम्पर्क गरेको थिएँ । उहाँको धारणा स्पष्ट छ — नेकपा (एकीकृत समाजवादी) लाई नै पुनर्गठन र सुदृढीकरण गरेर समाजवादको यात्रामा अगाडि बढाउनुपर्छ भन्ने विश्वासमा उहाँ अडिग रहनुभएको छ ।” खनाल हाल आफ्नी पत्नी रविलक्ष्मी चित्रकारको उपचारका क्रममा भारतको दिल्लीमा छन् । दिल्लीमै रहँदै उनले असोज २६ गते पनि विज्ञप्ति जारी गरी पार्टी एकीकरणको भन्दा संगठन सुदृढीकरणको आवश्यकता रहेको धारणा सार्वजनिक गरेका थिए ।
तर, शुक्रबार एकाएक माओवादी केन्द्रसँग एकताको विषय टुंगिएको र खनाल पनि सहमत भएको समाचार सार्वजनिक भएपछि उनले आफ्नो सचिवालयमार्फत पुनः असहमति प्रकट गरेका हुन् । यसबीच, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको केन्द्रीय कमिटी बैठक कात्तिक १२ गतेका लागि बोलाएका छन् । बैठकमा माओवादी केन्द्रसँगको एकता पहल, पार्टीभित्रका असहमतिहरू र संगठन सुदृढीकरणका उपायबारे छलफल हुने जनाइएको छ । पार्टीभित्र खनाल पक्षले संगठनलाई बलियो बनाउँदै नयाँ नीतिगत दिशातर्फ अघि बढ्नुपर्ने धारणा अघि सारेका छन् भने अध्यक्ष नेपाल पक्षले माओवादी केन्द्रसँग एकता वा गठबन्धनका विकल्पहरू खुला राख्ने तयारीमा रहेको बताइन्छ । माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पछिल्ला महिनाहरूमा वाम एकता र सहकार्यका विषयमा वार्ता हुँदै आएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच भएका छलफलहरूलाई पार्टी एकताकै पूर्वतयारीको रूपमा हेरिएको थियो । तर, झलनाथ खनालले सो प्रक्रियाप्रति असहमति जनाउँदै “वाम एकता होइन, समाजवादी पुनर्गठन प्राथमिकता हो” भन्ने धारणा निरन्तर दोहोर्याउँदै आएका छन् ।



१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३संस्मरण : त्यो रात !
४आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
५मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
प्रतिक्रिया