
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ, कात्तिक ९ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले मोरङको लेटाङ नगरपालिका–२ की १३ वर्षीया अञ्जु गौतमको बलात्कारपछि हत्या गरिएको घटनाप्रति तीव्र भत्र्सना गरेको छ । संघठनका अध्यक्ष विरेन्द्र शाहले आइतबार जारी गरेको प्रेस वक्तव्यमा अञ्जु गौतमको हत्या क्रूर, अमानवीय र दर्दनाक भएको उल्लेख गर्दै अपराधीहरूलाई तत्काल पक्राउ गरी कडा सजायको माग गरिएको छ। वक्तव्यमा भनिएको छ, “अञ्जु गौतमको शव १८ दिनपछि घरबाट खेल्न निस्किएकी अवस्थामा बिसंर र निर्मम तरिकाले फालिएको अवस्थामा फेला परेको घटनाले सम्पूर्ण समाजलाई हल्लाएको छ ।”
वक्तव्यमा यो घटना केवल एउटा परिवारको पीडा मात्र नभई सम्पूर्ण समाजकै कलङ्क भएको उल्लेख गरिएको छ । “महिला र साना बालबालिकामाथि हुने निरन्तर हिंसाका घटनाले हाम्रो समाजलाई भयावह दिशातर्फ डोर्याइरहेको छ,” वक्तव्यमा भनिएको छ । अखिल (क्रान्तिकारी) ले घटनामा संलग्न अपराधीहरूलाई छिटोभन्दा छिटो पक्राउ गरी कानूनी कठघरामा उभ्याउन सरकारसँग माग गरेको छ । साथै, यस्तो प्रकारका अमानवीय घटनाका विरुद्ध समाजका सबै तह र तप्काले ऐक्यबद्धता जनाउँदै महिला हिंसामुक्त समाज निर्माणतर्फ अघि बढ्नुपर्ने पनि उल्लेख गरिएको छ । संघठनले मृतक अञ्जु गौतमप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ । वक्तव्यमा भनिएको छ, “निरन्तर दोहोरिँदै आएका महिला हिंसाका घटनाहरूको अन्त्यका लागि हाम्रो समाजलाई एकजुट हुनुपर्छ। महिला हिंसामुक्त समाज निर्माणको दिशामा सबैले दृढ संकल्प लिनु जरुरी छ ।”



१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया