
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेसँग गरेको विद्रोहको औचित्य पुनः पुष्टि भएको दाबी गरेका छन् । बुधबार काठमाडौँमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेमा देखिएको अधिनायकवादी प्रवृत्तिको विरोध स्वरूप गरिएको विद्रोह सही निर्णय सावित भएको बताएका हुन् । उनका अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र एकल निर्णयले पार्टी विभाजन र सत्ताच्युतिको कारण बनेको हो । “सत्तामा बसेका अहंकारी प्रधानमन्त्री केपी ओलीलाई सत्ता च्युत गरियो । पार्टी सञ्चालनबारे हामी भुक्तभोगी थियौं,” अध्यक्ष नेपालले भने, “एमालेमा हाम्रो विद्रोहले औचित्य पुष्टि गरेको छ ।”
उनले एमाले विभाजनको औचित्य पुष्टि नभएको भन्नेहरूलाई ओलीसमक्ष आत्मसमर्पण गर्न खोजिरहेको आरोप लगाए । “विद्रोहको औचित्य पुष्टि भएन भन्नु भनेको ओलीसामु आत्मसमर्पण गर्नु हो,” उनले भने, “हामीले कुनै गल्ती गरेका छैनौं, त्यसमा पूर्ण आत्मविश्वास छ ।” अध्यक्ष नेपालले पार्टीको हरेक बैठक र निर्णयहरूले पनि विद्रोहको औचित्य पुष्टि गर्दै आएको दाबी गरे । उनका भनाइ अनुसार, एमालेको विभाजन कुनै व्यक्तिगत स्वार्थका कारण नभई विचार, नीति र संगठनात्मक चरित्रको रक्षा गर्नका लागि गरिएको हो । नेपालको यो अभिव्यक्ति हालै सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायतका नेताहरूले विभाजनको औचित्यबारे प्रश्न उठाएको सन्दर्भमा आएको हो ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया