
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । भारत र अमेरिकाबीच दीर्घकालीन सुरक्षा तथा रणनीतिक सहकार्यलाई बलियो बनाउने उद्देश्यसहित ऐतिहासिक १० वर्षे “प्रमुख रक्षा साझेदारी ढाँचा” (Major Defence Partnership Framework) मा शुक्रबार हस्ताक्षर गरिएको छ । सम्झौतामा भारतका रक्षा मन्त्री राजनाथ सिंह र अमेरिकी युद्धमन्त्री पिट हेगसेथले मलेसियाको राजधानी क्वालालम्पुरमा हस्ताक्षर गरेका हुन् । (Reuters / Times of India) का अनुसार, उक्त सम्झौताले दुई देशबीचको रक्षा सहकार्यलाई “नयाँ युग” मा प्रवेश गराउने बताइएको छ । सम्झौताले आगामी दशकभर समन्वय, सूचना आदान–प्रदान, प्रविधिक सहयोग र संयुक्त सुरक्षा पहललाई गहिरो बनाउनेछ । सम्झौता हस्ताक्षरपछि अमेरिकी युद्धमन्त्री हेगसेथले सामाजिक सञ्जाल एक्स (X) मा लेख्दै भने, “भारतसँगको हाम्रो रक्षा सम्बन्ध कहिल्यै यति बलियो थिएन। यो सम्झौता क्षेत्रीय स्थिरता र प्रतिरोध क्षमताको आधारशिला बन्नेछ ।” उनीका अनुसार, नयाँ रक्षा ढाँचाले दुवै देशबीचको रणनीतिक संवाद, प्राविधिक सहकार्य र रक्षा उद्योगमा सहकार्यलाई नयाँ उचाइमा पुर्याउनेछ ।

भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सम्झौतापछि प्रतिक्रिया दिँदै भने, “हामीले ‘फ्रेमवर्क फर द युएस–इन्डिया मेजर डिफेन्स पार्टनरसिप’ मा हस्ताक्षर गरेर हाम्रो बलियो साझेदारीमा नयाँ दशकको सुरुआत गरेका छौँ । यो ऐतिहासिक उपलब्धि हो ।” उनका अनुसार, सम्झौताले भारत–अमेरिका रक्षा सम्बन्धलाई स्पष्ट नीतिगत दिशा प्रदान गर्नेछ र इन्डो–प्यासिफिक क्षेत्रमा स्वतन्त्र, खुला र नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था सुनिश्चित गर्न योगदान दिनेछ । यो हस्ताक्षर आसियान–भारत रक्षा मन्त्रीहरूको अनौपचारिक बैठकको अवसरमा सम्पन्न भएको हो । बैठक आगामी नोभेम्बर १ मा हुने एडिएमएम–प्लस सम्मेलन अघि आयोजना गरिएको थियो । सिंहले भ्रमण अघि नै आसियान सदस्य राष्ट्रहरूसँगको सुरक्षा सहकार्य बलियो बनाउने र भारतको “एक्ट इस्ट नीति”लाई अगाडि बढाउने उद्देश्य रहेको बताएका थिए । विशेषज्ञहरूले यो सम्झौतालाई भारत–अमेरिका रणनीतिक सम्बन्धको नयाँ माइलस्टोनका रूपमा हेरेका छन् । यसले रक्षा–प्रविधि आदान–प्रदान, संयुक्त उत्पादन, तथा इन्डो–प्यासिफिक क्षेत्रमा शक्ति सन्तुलनमा महत्वपूर्ण प्रभाव पार्ने अनुमान गरिएको छ । अमेरिकाका लागि यो सम्झौता चीनको प्रभाव घटाउने रणनीतिक कदम हो भने भारतका लागि स्वदेशी रक्षा उद्योगलाई सुदृढ बनाउने अवसरको रूपमा देखिएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया