
१रोल्पामा जीप दुर्घटना : २० जनाको मृत्यु, नेकपा(बहुमत) द्वारा शोक व्यक्त
२ट्रम्पविरुद्ध धम्की दिएको आरोपमा पूर्व एफबीआई प्रमुख जेम्स कोमी अदालतमा उपस्थित
३आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
४गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
५मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
६नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
७आईपीएलमा पन्जाबको दबदबा, मुम्बई ७ विकेटले पराजित
८हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
९आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
१०भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
११युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
१२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३संस्मरण : त्यो रात !
४शिक्षा सुधारको नाममा विद्यार्थी आन्दोलनमाथि अंकुश लगाउने प्रयास स्वीकार्य छैन : संयुक्त विद्यार्थी संगठन
५आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
६मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
७नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
८भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
९गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
१०युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
११आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
१२हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) भित्र माओवादी केन्द्रसँगको पार्टी एकता विषयलाई लिएर तीव्र मतभेद देखिएको छ । अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको पक्षले माओवादी केन्द्रसँग औपचारिक एकताको तयारी अघि बढाएको छ भने झलनाथ खनाल नेतृत्वको असन्तुष्ट समूहले भने अलग्गै भेला बोलाएको छ । नेपाल पक्षले शुक्रबारको केन्द्रीय बैठकबाट माओवादी केन्द्रसँग एकताको प्रस्ताव अनुमोदन गरेपछि आज दिउँसो ३ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेतासँग भेट गर्ने तयारी गरेको छ । बैठकमा एकताको प्रारूप र लिखत टुंगो लगाइने स्रोतले जनाएको छ । उता, एकता अस्वीकार गर्दै झलनाथ खनाल पक्षले भने आज दिउँसो १ बजे सुकेधारा, मिराकल पार्टी भेन्युमा अलग्गै भेला बोलाएको छ । खनाल पक्षका एक नेताका अनुसार भेलामा करिब डेढ सय केन्द्रीय सदस्य सहभागी हुने र बैठकले माओवादीसँगको एकता प्रस्ताव अस्वीकार गर्दै पार्टी पुनर्गठनबारे छलफल गर्नेछ । प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार ठूलो भेला नभई सीमित नेताहरूबीच छलफल हुने तयारी छ । उनले भने, “पहिला त माओवादीमा जाने साथीहरूलाई रोक्नुपर्छ, त्यसपछि हाम्रो पक्षका नेताले एउटा स्टेटमेन्ट जारी गर्ने तयारी छ ।” अर्यालले शुक्रबारको बैठकपछि माधव नेपाल पक्षसँगको “राजनीतिक सम्बन्ध टुंगिएको” भन्दै भने, “हामी अब पार्टी पुनर्गठन र हाम्रो पक्षका साथीहरूलाई जोगाउनका लागि राष्ट्रिय भेलासम्मको तयारीमा छौँ ।”

यसैबीच, एमालेको सचिवालय बैठक पनि आज बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीले एस नेताहरूलाई मूल पार्टीमा फर्किन आह्वान गरेपछि त्यसबारे पनि छलफल हुने अपेक्षा गरिएको छ । अर्यालले ओलीको प्रस्तावबारे भने, “अब ओलीले पहिलाजस्तो हावादारी कुरा गरेर हुँदैन; यदि उहाँको आह्वान साँच्चै कम्युनिष्ट आन्दोलनको हितमा हो भने परिपक्व ढंगले प्रस्तुत हुनुपर्छ ।” खनाल पक्षभित्र भने नेतृत्वको विषयमा एकमत छैन । केही नेताहरूले झलनाथ खनाललाई “अभिभावक” भूमिकामा राखेर नयाँ पुस्तालाई कार्यकारी नेतृत्व दिने प्रस्ताव अघि सारेका छन् । एक नेताले भने, “यदि उहाँले मै अध्यक्ष हुन्छु भन्नुभयो भने कुरा मिल्दैन; हामीले एकताको विरोध गरेका होइनौँ, पुनर्गठन र पुस्तान्तरणबिना एकता नगरौँ भनेका हौँ ।”
यसैबीच, माधव नेपाल पक्षले ३ बजे माओवादी केन्द्रसँग एकताका सबै विषयमा लिखत टुंगो लगाउने तयारी गरेको छ । नेपाल पक्षका अनुसार शुक्रबार पारित राजनीतिक प्रतिवेदनको भावनाअनुसार एकता प्रक्रिया अगाडि बढाइनेछ । नेकपा (एस) भित्र अहिले स्पस्ट रुपमा दुई ध्रुव देखिएका छन् । माओवादी केन्द्रसँग तत्काल एकता गर्नुपर्नेहरुको नेतृत्व माधव नेपालले र एकता अस्वीकार गर्दै पार्टी पुनर्गठन गर्नुपर्नेहरुको नेतृत्व भने झलनाथ खनालले गरेका छन् ।



१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३संस्मरण : त्यो रात !
४शिक्षा सुधारको नाममा विद्यार्थी आन्दोलनमाथि अंकुश लगाउने प्रयास स्वीकार्य छैन : संयुक्त विद्यार्थी संगठन
५आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
प्रतिक्रिया