
१नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा सीआईबीको अनुसन्धान, पूर्वसहसचिव कार्की पक्राउ
२न्युयोर्कको पुँजीवादी संरचनामाथि समाजवादी चुनौतीः ममदानीको जितको अर्थ के हो ?
३भोजपुरे खुकुरीले सम्हाल्दै स्थानीय अर्थतन्त्र र पर्यटन
४महाकाली अस्पतालमा अनियमितता र सेवा अभावबारे नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को ज्ञापनपत्र
५फुटबलको भविष्य अनिश्चित भन्दै खेलाडीको एन्फा कार्यालयमा धर्ना
६गन्तव्य बिनाको गन्तव्य–संसदीय यात्रा
७रामकुमारी झाँक्रीको घोषणा — “एकीकृत समाजवादीसँगको हाम्रो यात्रा टुंगियो”
८माओवादी केन्द्र छाड्दै राम कार्कीको नयाँ अभियान घोषणा : “दर्ज्यानी चिन्ह मिल्क्याएर आएका हौं”
९जेनजी आन्दोलनमा कागजात जलेपछि सर्वोच्च र जिल्ला अदालतल दिए प्रहरीमा उजुरी
१०यलुङ री हिमालमा हिमपहिरो : विश्वकीर्तिमानधारी फुर्वा तेन्जिङ शेर्पासहित सात बेपत्ता
११शुल्क तिर्न नसकेको कारण विद्यार्थी निष्कासन : बहुमत निकट अखिल (क्रान्तिकारी)को कडा आपत्ति
१२भारतलाई पहिलोपटक महिला विश्वकप क्रिकेटको उपाधि
१पश्चगमन र यथास्थिति भन्दा, अग्रगमन सहित स्वाधीनता र स्वतन्त्रता हासिल गर्न आन्दोलन गरौं : धर्मेन्द्र वास्तोला ‘कञ्चन’
२कमरेड बसवराजको बलिदान खेर जाने छैन
३जेन—जी, ‘विद्रोह !’ परिणाममा के ?
४जेनजी विद्रोह जनअसन्तोषको ऐतिहासिक विस्फोट : नेकपा (बहुमत)
५वैज्ञानिक समाजवादका लागि नयाँ आन्दोलन आवश्यक : नेकपा (बहुमत)
६गन्तव्य बिनाको गन्तव्य–संसदीय यात्रा
७जेनजी पुस्ता समाजवादको यात्रामा
८क्रान्तिकारी कम्युनिष्ट पार्टीमा ‘अनुशासन’को आवश्यकता र यसको अनिवार्यता
९नेकपा (बहुमत) सुनसरीद्वारा ध्रुवीकरण कार्यक्रम सम्पन्न
१०संयुक्त संघर्ष समितिद्वारा साम्राज्यवाद र प्रतिगमनविरुद्ध विरोध कार्यक्रम सम्पन्न
११संगठनात्मक अनुशासन र क्रान्तिकारी रुपान्तरणको सवाल
१२विश्व साम्राज्यवाद र वर्तमान परिस्थिति
दोलखा, कार्तिक १८ । दोलखाको रोल्वालिङ हिमशृंखलामा पर्ने यलुङ री हिमालमा गएको भीषण हिमपहिरोमा परी विश्वकीर्तिमानधारी युवा आरोही फुर्वा तेन्जिङ शेर्पासहित सातजना बेपत्ता भएका छन् । उक्त दुर्घटनामा हालसम्म तीन जनाको मृत्यु भएको छ भने चार जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । गौरीशंकर गाउँपालिका–९ बेदिङका २४ वर्षीय फुर्वा तेन्जिङ शेर्पाले हालसम्म १५ पटक सगरमाथाको सफल आरोहण गरेका थिए । उनी २४ वर्षको उमेरमै नौ पटक सगरमाथा आरोहण गरी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका युवा आरोही हुन् । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानकुमार महतोका अनुसार, ड्रिम्स डेस्टिनेसन ट्रेक्स एन्ड एक्सपिडिसन कम्पनीको टोलीमा रहेका १४ जना आरोहीमध्ये सातजना हिमपहिरोमा परेपछि सम्पर्कविहीन भएका हुन् । सो टोलीमा तीन विदेशी, पाँच नेपाली गाइड र केही स्थानीय सहयोगी सहभागी थिए ।
सोमबार बिहान गएको भीषण हिमपहिरोले आरोहीहरूको बेसक्याम्प नै क्षतिग्रस्त बनाएको थियो । खराब मौसमका कारण सोमबार उद्धार कार्य प्रभावित भए पनि मंगलबार बिहान मौसम सुधार भएपछि हेलिकोप्टरमार्फत चारजनाको उद्धार गरिएको हो । उद्धार गरिएका मध्ये दुई नेपाली र दुई विदेशी रहेका छन् । जिल्ला प्रशासन कार्यालय दोलखाका अनुसार, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त उद्धार टोली अहिले पनि घटनास्थलमा खटिएको छ । लामाबगरको गोंगरबाट खटिएको करिब ५० जनाको टोली ना गाउँतर्फ अघि बढिरहेको जनाइएको छ । डिएसपी महतोका अनुसार, “हालसम्म तीन जनाको शव फेला परेको छ भने सातजनाको खोजी कार्य जारी छ । खराब मौसमका कारण उद्धारमा कठिनाइ भए पनि प्रयास जारी छ ।” प्रहरीका अनुसार, आरोहणको अनुमति लिए पनि स्थानीय प्रशासनमा आरोहण विवरण दर्ता नगरिएको कारण प्रारम्भिक अवस्थामै आरोहीहरूको पहिचानमा समस्या आएको छ ।

१पश्चगमन र यथास्थिति भन्दा, अग्रगमन सहित स्वाधीनता र स्वतन्त्रता हासिल गर्न आन्दोलन गरौं : धर्मेन्द्र वास्तोला ‘कञ्चन’
२कमरेड बसवराजको बलिदान खेर जाने छैन
३जेन—जी, ‘विद्रोह !’ परिणाममा के ?
४जेनजी विद्रोह जनअसन्तोषको ऐतिहासिक विस्फोट : नेकपा (बहुमत)
५वैज्ञानिक समाजवादका लागि नयाँ आन्दोलन आवश्यक : नेकपा (बहुमत)
प्रतिक्रिया