News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

Uncategorized

माओवादी केन्द्र छाड्दै राम कार्कीको नयाँ अभियान घोषणा : “दर्ज्यानी चिन्ह मिल्क्याएर आएका हौं”

काठमाडौं, कात्तिक १८ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता राम कार्कीले माओवादी केन्द्र परित्याग गर्दै नयाँ एकीकृत समाजवादी अभियान सुरु गर्ने घोषणा गरेका छन् । ललितपुरमा आयोजित ‘वाम धुव्रीकरण घोषणा’ सम्बन्धी पत्रकार सम्मेलनमा नेता कार्कीले आफू र आफ्ना सहकर्मीहरू पार्टीका पदीय जिम्मेवारी त्यागी समाजवादी एकताको अभियानमा लागेको बताए । उनले भने, “उहाँ (जनार्दन शर्मा) को दर्ज्यानी चिन्ह उपमहासचिव हो, मेरो सचिव हो, अन्जना विशंखे स्थायी समिति सदस्य हो — हामी ती सबै दर्ज्यानी चिन्ह मिल्क्याएर आएका हौं । समाजवादप्रति प्रतिबद्ध, नयाँ पुस्ताप्रति विश्वास गर्ने सबैलाई यही बाटोमा आउन आह्वान गर्छौं ।”
कार्कीले समाजवादी सोच भएका, देशभक्त र जनवादी विचार राख्ने सबैलाई एकै अभियानमा गोलबद्ध हुन आग्रह गरे । उनका अनुसार, लामो संघर्षपछि पनि पार्टीभित्र आवश्यक रूपान्तरण सम्भव नभएकाले नयाँ राजनीतिक अभियान अपरिहार्य भएको हो । उनले थपे, “विभिन्न पार्टी वा समूहमा रहेका समाजवादप्रेमीहरू, वा कुनै संगठनमा नभएकाहरू पनि आफ्नो पदीय भूमिका छाडेर आउनुपर्छ। समाजवादको लक्ष्य साझा हो — त्यसका लागि पुराना पूर्वाग्रह र ‘मेरो पार्टी ठूलो’ भन्ने सोच त्याग्नुपर्छ ।” राम कार्की, जनार्दन शर्मा र अन्जना विशंखे माओवादी केन्द्रका पूर्व उच्च पदस्थ नेता हुन्। उनीहरूले माओवादी केन्द्रको औपचारिक पदीय जिम्मेवारी त्यागी, वाम एकता र समाजवादमुखी नयाँ अभियान सुरु गर्ने तयारी गरेको बताएका छन् ।

प्रतिक्रिया