
१नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा सीआईबीको अनुसन्धान, पूर्वसहसचिव कार्की पक्राउ
२न्युयोर्कको पुँजीवादी संरचनामाथि समाजवादी चुनौतीः ममदानीको जितको अर्थ के हो ?
३भोजपुरे खुकुरीले सम्हाल्दै स्थानीय अर्थतन्त्र र पर्यटन
४महाकाली अस्पतालमा अनियमितता र सेवा अभावबारे नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को ज्ञापनपत्र
५फुटबलको भविष्य अनिश्चित भन्दै खेलाडीको एन्फा कार्यालयमा धर्ना
६गन्तव्य बिनाको गन्तव्य–संसदीय यात्रा
७रामकुमारी झाँक्रीको घोषणा — “एकीकृत समाजवादीसँगको हाम्रो यात्रा टुंगियो”
८माओवादी केन्द्र छाड्दै राम कार्कीको नयाँ अभियान घोषणा : “दर्ज्यानी चिन्ह मिल्क्याएर आएका हौं”
९जेनजी आन्दोलनमा कागजात जलेपछि सर्वोच्च र जिल्ला अदालतल दिए प्रहरीमा उजुरी
१०यलुङ री हिमालमा हिमपहिरो : विश्वकीर्तिमानधारी फुर्वा तेन्जिङ शेर्पासहित सात बेपत्ता
११शुल्क तिर्न नसकेको कारण विद्यार्थी निष्कासन : बहुमत निकट अखिल (क्रान्तिकारी)को कडा आपत्ति
१२भारतलाई पहिलोपटक महिला विश्वकप क्रिकेटको उपाधि
१पश्चगमन र यथास्थिति भन्दा, अग्रगमन सहित स्वाधीनता र स्वतन्त्रता हासिल गर्न आन्दोलन गरौं : धर्मेन्द्र वास्तोला ‘कञ्चन’
२कमरेड बसवराजको बलिदान खेर जाने छैन
३जेन—जी, ‘विद्रोह !’ परिणाममा के ?
४जेनजी विद्रोह जनअसन्तोषको ऐतिहासिक विस्फोट : नेकपा (बहुमत)
५वैज्ञानिक समाजवादका लागि नयाँ आन्दोलन आवश्यक : नेकपा (बहुमत)
६गन्तव्य बिनाको गन्तव्य–संसदीय यात्रा
७जेनजी पुस्ता समाजवादको यात्रामा
८क्रान्तिकारी कम्युनिष्ट पार्टीमा ‘अनुशासन’को आवश्यकता र यसको अनिवार्यता
९नेकपा (बहुमत) सुनसरीद्वारा ध्रुवीकरण कार्यक्रम सम्पन्न
१०संयुक्त संघर्ष समितिद्वारा साम्राज्यवाद र प्रतिगमनविरुद्ध विरोध कार्यक्रम सम्पन्न
११संगठनात्मक अनुशासन र क्रान्तिकारी रुपान्तरणको सवाल
१२विश्व साम्राज्यवाद र वर्तमान परिस्थिति
काठमाडौं, १९ कात्तिक । नेकपा (एकीकृत समाजवादी) की संस्थापक नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो यात्रा टुंगिएको घोषणा गरेकी छिन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै झाँक्रीले पार्टी विघटनको दिशामा गएको बताउँदै आफू र आफ्ना सहकर्मीहरूको राजनीतिक यात्रा त्यहीँ समाप्त भएको स्पष्ट पारिन् । “नेकपा एकीकृत समाजवादी निर्माणका प्रारम्भिक दिनमा हामीले एउटा भयंकर अभियान चल्ने विश्वासका साथ काम थालेका थियौं । तर त्यो सम्भावना अब समाप्त भएको छ। हाम्रो समाजवादी पार्टीसँगको यात्रा, त्यो पार्टी विघटनसँगै टुंगियो ।”
उनका अनुसार, समाजवादी आन्दोलनले अपेक्षित दिशा लिन नसकेपछि अब नयाँ बाटो खोज्नुपर्ने आवश्यकता देखिएको छ । उनले उदाहरण दिँदै भनिन्, “जब बाटो अवरुद्ध हुन्छ, यात्रालाई पज गर्नुपर्छ। त्यसपछि उपयुक्त मार्ग प्रशस्त गरेर मात्रै यात्रा अगाडि बढाउनुपर्छ ।” यसअघि सोही कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका अर्का नेता किसान श्रेष्ठले आफूहरू निःशर्त एमालेमा फर्किन लागेको जानकारी गराएका थिए । उनले भने, “हामीलाई केही चाहिएको छैन, मूल घरले हाँसेर बोलिदिए, सम्मानजनक व्यवहार गरे पुग्छ ।” एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हालै नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्ने निर्णय गरेपछि झाँक्री र श्रेष्ठले उक्त कदमप्रति असहमति जनाउँदै पार्टी विघटनको घोषणा गरेका हुन् । झाँक्रीको यो घोषणा सँगै नेकपा (एकीकृत समाजवादी) भित्रको असन्तोष खुलेर बाहिर आएको छ र आगामी दिनमा ती नेताहरूको नयाँ राजनीतिक यात्राप्रति सबैको चासो बढेको छ ।

१पश्चगमन र यथास्थिति भन्दा, अग्रगमन सहित स्वाधीनता र स्वतन्त्रता हासिल गर्न आन्दोलन गरौं : धर्मेन्द्र वास्तोला ‘कञ्चन’
२कमरेड बसवराजको बलिदान खेर जाने छैन
३जेन—जी, ‘विद्रोह !’ परिणाममा के ?
४जेनजी विद्रोह जनअसन्तोषको ऐतिहासिक विस्फोट : नेकपा (बहुमत)
५वैज्ञानिक समाजवादका लागि नयाँ आन्दोलन आवश्यक : नेकपा (बहुमत)
प्रतिक्रिया