
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं, १९ कात्तिक । नेकपा (एकीकृत समाजवादी) की संस्थापक नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो यात्रा टुंगिएको घोषणा गरेकी छिन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै झाँक्रीले पार्टी विघटनको दिशामा गएको बताउँदै आफू र आफ्ना सहकर्मीहरूको राजनीतिक यात्रा त्यहीँ समाप्त भएको स्पष्ट पारिन् । “नेकपा एकीकृत समाजवादी निर्माणका प्रारम्भिक दिनमा हामीले एउटा भयंकर अभियान चल्ने विश्वासका साथ काम थालेका थियौं । तर त्यो सम्भावना अब समाप्त भएको छ। हाम्रो समाजवादी पार्टीसँगको यात्रा, त्यो पार्टी विघटनसँगै टुंगियो ।”
उनका अनुसार, समाजवादी आन्दोलनले अपेक्षित दिशा लिन नसकेपछि अब नयाँ बाटो खोज्नुपर्ने आवश्यकता देखिएको छ । उनले उदाहरण दिँदै भनिन्, “जब बाटो अवरुद्ध हुन्छ, यात्रालाई पज गर्नुपर्छ। त्यसपछि उपयुक्त मार्ग प्रशस्त गरेर मात्रै यात्रा अगाडि बढाउनुपर्छ ।” यसअघि सोही कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका अर्का नेता किसान श्रेष्ठले आफूहरू निःशर्त एमालेमा फर्किन लागेको जानकारी गराएका थिए । उनले भने, “हामीलाई केही चाहिएको छैन, मूल घरले हाँसेर बोलिदिए, सम्मानजनक व्यवहार गरे पुग्छ ।” एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हालै नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्ने निर्णय गरेपछि झाँक्री र श्रेष्ठले उक्त कदमप्रति असहमति जनाउँदै पार्टी विघटनको घोषणा गरेका हुन् । झाँक्रीको यो घोषणा सँगै नेकपा (एकीकृत समाजवादी) भित्रको असन्तोष खुलेर बाहिर आएको छ र आगामी दिनमा ती नेताहरूको नयाँ राजनीतिक यात्राप्रति सबैको चासो बढेको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया