
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौं । नेपाली फुटबल खेलाडीहरूले फुटबल गतिविधि ठप्प भएको विरोधमा बिहीबार अखिल नेपाल फुटबल संघ (ANFA) मुख्यालय अगाडि धर्ना दिएका छन् । नेपाल फुटबल खेलाडी संघ (ANFA) को अगुवाइमा सातदोबाटो, ललितपुरस्थित एन्फा परिसरमा खेलाडीहरूले “हाम्रा बुट थन्किएका छन्, हाम्रो खेल्ने अधिकार खै ?” जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । खेलाडीहरूले पछिल्ला दुई वर्षदेखि निरन्तर स्थगित हुँदै आएको शहीद स्मारक ए–डिभिजन लिग तत्काल सञ्चालन गर्न माग गरेका छन् । उनीहरूले एन्फा नेतृत्वले बारम्बार लिग स्थगित गर्दै खेल क्षेत्रलाई अन्योलमा पारेको आरोपसमेत लगाएका छन् ।
लिग स्थगित हुँदै आएको कारण देशभर कुनै पनि ठूला फुटबल प्रतियोगिता आयोजना हुन नसक्दा धेरै खेलाडीको भविष्य अनिश्चित बनेको छ। फुटबललाई पेशा बनाएका धेरै युवा खेलाडी बेरोजगार जस्तै बनेका छन् । प्रदर्शनकारी खेलाडीहरूले एन्फालाई छिटोभन्दा छिटो घरेलु लिग सञ्चालन गरी खेलकुदमा जीवन अर्पण गरेका खेलाडीहरूको हक अधिकार सुनिश्चित गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया