
१मुख्यमन्त्री पदबाट सोनलद्वारा राजीनामा, प्रदेश प्रमुखलाई बुझाए पत्र
२नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा सीआईबीको अनुसन्धान, पूर्वसहसचिव कार्की पक्राउ
३न्युयोर्कको पुँजीवादी संरचनामाथि समाजवादी चुनौतीः ममदानीको जितको अर्थ के हो ?
४भोजपुरे खुकुरीले सम्हाल्दै स्थानीय अर्थतन्त्र र पर्यटन
५महाकाली अस्पतालमा अनियमितता र सेवा अभावबारे नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को ज्ञापनपत्र
६फुटबलको भविष्य अनिश्चित भन्दै खेलाडीको एन्फा कार्यालयमा धर्ना
७गन्तव्य बिनाको गन्तव्य–संसदीय यात्रा
८रामकुमारी झाँक्रीको घोषणा — “एकीकृत समाजवादीसँगको हाम्रो यात्रा टुंगियो”
९माओवादी केन्द्र छाड्दै राम कार्कीको नयाँ अभियान घोषणा : “दर्ज्यानी चिन्ह मिल्क्याएर आएका हौं”
१०जेनजी आन्दोलनमा कागजात जलेपछि सर्वोच्च र जिल्ला अदालतल दिए प्रहरीमा उजुरी
११यलुङ री हिमालमा हिमपहिरो : विश्वकीर्तिमानधारी फुर्वा तेन्जिङ शेर्पासहित सात बेपत्ता
१२शुल्क तिर्न नसकेको कारण विद्यार्थी निष्कासन : बहुमत निकट अखिल (क्रान्तिकारी)को कडा आपत्ति
१पश्चगमन र यथास्थिति भन्दा, अग्रगमन सहित स्वाधीनता र स्वतन्त्रता हासिल गर्न आन्दोलन गरौं : धर्मेन्द्र वास्तोला ‘कञ्चन’
२कमरेड बसवराजको बलिदान खेर जाने छैन
३जेन—जी, ‘विद्रोह !’ परिणाममा के ?
४जेनजी विद्रोह जनअसन्तोषको ऐतिहासिक विस्फोट : नेकपा (बहुमत)
५वैज्ञानिक समाजवादका लागि नयाँ आन्दोलन आवश्यक : नेकपा (बहुमत)
६गन्तव्य बिनाको गन्तव्य–संसदीय यात्रा
७जेनजी पुस्ता समाजवादको यात्रामा
८क्रान्तिकारी कम्युनिष्ट पार्टीमा ‘अनुशासन’को आवश्यकता र यसको अनिवार्यता
९नेकपा (बहुमत) सुनसरीद्वारा ध्रुवीकरण कार्यक्रम सम्पन्न
१०संयुक्त संघर्ष समितिद्वारा साम्राज्यवाद र प्रतिगमनविरुद्ध विरोध कार्यक्रम सम्पन्न
११संगठनात्मक अनुशासन र क्रान्तिकारी रुपान्तरणको सवाल
१२विश्व साम्राज्यवाद र वर्तमान परिस्थिति
न्युयोर्क, (एजेन्सी) – पूँजीवादको केन्द्र संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो तथा आर्थिक रूपमा सबैभन्दा प्रभावशाली सहर न्युयोर्क सिटीको मेयरमा प्रगतिशील र प्रजातान्त्रिक समाजवादी विचारका नेता जोहरान क्वामे ममदानी निर्वाचित भएका छन् । ममदानीको यो जितलाई अमेरिकी राजनीतिक इतिहासकै एक ऐतिहासिक घटना मानिएको छ । न्युयोर्क सिटीमा गत साता सम्पन्न मेयर चुनावको परिणाम अनुसार, ममदानीले खसेको कुल मतको ५०.४ प्रतिशत प्राप्त गर्दै जित हासिल गरे । उनका निकटतम प्रतिस्पर्धी पूर्व गभर्नर एन्ड्र्यू कोमोले ४१.६ प्रतिशत मत पाए भने रिपब्लिकन उम्मेदवार कर्टिस स्लिवा तेस्रो स्थानमा रहे । यो जितसँगै ममदानी न्युयोर्क सिटीका पहिलो मुस्लिम, पहिलो दक्षिण एसियाली मूलका र पहिलो अफ्रिकामा जन्मिएका मेयर बनेका छन् । करिब ८४ लाखभन्दा बढी जनसंख्या र १.२८ ट्रिलियन अमेरिकी डलरको अर्थतन्त्र भएको न्युयोर्कलाई विश्वको “पुँजीवादको राजधानी” पनि भनिन्छ । त्यसै सहरको नेतृत्व अब समाजवादी धारको राजनीतिज्ञले गर्ने भएका छन् ।
ममदानी डेमोक्रेटिक पार्टीका Democratic Socialists of America (DSA) समूहसँग सम्बद्ध नेता हुन् । उनले आफ्नो अभियानमा आवास, न्यून पारिश्रमिक, र सार्वजनिक सेवाको पहुँच विस्तारलाई मुख्य एजेन्डा बनाएका थिए । “न्युयोर्क सबैका लागि सहर हुनुपर्छ, केवल धनीहरूका लागि होइन,” ममदानीले जितपछि आफ्नो भाषणमा भने । उता पूर्व गभर्नर एन्ड्र्यू कोमोले डेमोक्रेटिक पार्टीको प्राथमिक निर्वाचनमा ममदानीसँग हार खाएपछि स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका थिए । सन् २०२१ मा यौन उत्पीडनको आरोपपछि राजीनामा दिएका कोमोले आफ्नो पुनरागमनको प्रयास यस पटक पनि सफल बनाउन सकेनन् ।
ममदानी सन् १९९१ अक्टोबरमा उगान्डाको कम्पालामा जन्मिएका जोहरान ममदानीका पिता प्रख्यात बौद्धिक मह्मूद ममदानी हुन् भने आमा चर्चित फिल्म निर्मात्री मीरा नायर हुन् । सात वर्षको उमेरमा उनी अभिभावकसँगै न्युयोर्क सरेका थिए । ममदानीले मेन राज्यको Bowdoin College बाट Africana Studies मा स्नातक गरेपछि सामाजिक कार्य र आवास परामर्शका क्षेत्रमा काम गरे । उनी सन् २०२० मा न्युयोर्क राज्यसभामा निर्वाचित हुँदै राजनीतिमा उदाएका थिए । यसै वर्षको सुरुमा उनले ब्रुकलिनकी सिरियाली मूलकी कलाकार रामा दुवाजीसँग विवाह गरेका छन् ।
विश्लेषकहरूले ममदानीको जितलाई न्युयोर्कको राजनीतिक धारणामा आएको परिवर्तनको प्रतीकका रूपमा हेरेका छन् । “पुँजीवादको केन्द्रमा समाजवादीको नेतृत्व—यो अमेरिकी राजनीति र विश्वव्यापी रूपमा ठूलो सन्देश हो,” एक विश्लेषकले भने । ममदानी आगामी हप्तामा सहरका १.८ लाख नगरकर्मीको समर्थनमा आधारित सामाजिक तथा आर्थिक सुधारका एजेन्डा अघि सार्ने तयारीमा छन् ।

१पश्चगमन र यथास्थिति भन्दा, अग्रगमन सहित स्वाधीनता र स्वतन्त्रता हासिल गर्न आन्दोलन गरौं : धर्मेन्द्र वास्तोला ‘कञ्चन’
२कमरेड बसवराजको बलिदान खेर जाने छैन
३जेन—जी, ‘विद्रोह !’ परिणाममा के ?
४जेनजी विद्रोह जनअसन्तोषको ऐतिहासिक विस्फोट : नेकपा (बहुमत)
५वैज्ञानिक समाजवादका लागि नयाँ आन्दोलन आवश्यक : नेकपा (बहुमत)
प्रतिक्रिया