News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

मुख्यमन्त्री पदबाट सोनलद्वारा राजीनामा, प्रदेश प्रमुखलाई बुझाए पत्र

जनकपुरधाम, धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आफ्नो पदबाट राजीनामा दिएका छन् । शनिबार प्रदेशसभाको बैठकमा राजीनामा घोषणा गरेपछि उनले प्रदेश प्रमुखकहाँ पुगेर राजीनामा पत्र बुझाएका हुन् । मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखलाई बुझाएको राजीनामा पत्रमा “मधेस प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएको छु । मुख्यमन्त्री पदमा रहँदा सबैबाट प्राप्त सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु ।” उल्लेख गरिएको छ । सोनलले शनिबार नै प्रदेशसभा बैठकमा आफूले मुख्यमन्त्री पद त्याग्ने घोषणा गरेका थिए । उनले पदमा रहँदा साथ र सहयोग प्रदान गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

प्रतिक्रिया