
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौं । शिक्षामन्त्री महावीर पुनले शिक्षा क्षेत्रमा कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीहरूलाई राजनीतिक दलमा आबद्ध हुन नपाइने चेतावनी दिएका छन् । मन्त्रालयले आइतबार जारी गरेको जानकारी तथा ध्यानाकर्षणपत्रमार्फत राजनीतिक संलग्नता देखिएमा कानुनी कारबाही हुने स्पष्ट सन्देश दिएको हो । मन्त्रालयका अनुसार हाल अभिभावक, विद्यार्थी, शिक्षक, नागरिक समाज तथा शिक्षाविद्हरूबाट शिक्षक तथा विश्वविद्यालयका प्राध्यापक संघ–संगठनहरू राजनीतिक गतिविधिमा संलग्न भई शैक्षिक गुणस्तरमा गिरावट आएको गुनासो आएका छन् । सोही कारण मन्त्रालयले यस विषयमा गम्भीर ध्यानाकर्षण जनाएको छ । “सरकारी सेवामा कार्यरत शिक्षक, प्राध्यापक तथा कर्मचारीका पेसागत ऐनहरूले कर्तव्य, नैतिक दायित्व र आचरणको व्यवस्था गरेका छन् । कुनै पनि पेसागत ऐनले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेसागत हकहित र अधिकार प्राप्तिका लागि सौदाबाजी बाहेक राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार दिएको छैन । राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिनेसम्मको कानुनी कारबाही हुने व्यवस्था रहेको छ ।”
मन्त्री पुनले विभिन्न राजनीतिक दलका भ्रातृ संगठन वा शुभेच्छुक संस्थाका रूपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक र कर्मचारीका संघ–संगठनहरूलाई मन्त्रालयले अब मान्यता नदिने निर्णय गरेका छन् । “शिक्षक–कर्मचारीका पेसागत हकहित र संविधानले दिएको अधिकारको सम्मान गर्दै, उनीहरूका संघ–संगठनहरूलाई गैरराजनीतिक, स्वतन्त्र र व्यावसायिक चरित्रको बनाइ पुनर्गठन गर्न आह्वान गर्दछु ।” मन्त्री पुनले विद्यालय र विश्वविद्यालयलाई “शान्ति क्षेत्र”को रूपमा जोगाउन शिक्षकहरूलाई राजनीतिबाट अलग राख्नुपर्ने आवश्यकता दोहोर्याएका छन् । उनका अनुसार शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेपले शिक्षाको गुणस्तर घटाएको छ, र अब यो अवस्था सुधार गर्न निर्णायक कदम चालिनेछ । शिक्षा मन्त्रालयले पनि चेतावनी दिएको छ कि, पेसागत कर्तव्य र नैतिक आचरणविपरीत राजनीतिक गतिविधिमा संलग्न भएको प्रमाणित भएमा प्रचलित कानुन अनुसार कठोर कारबाही गरिनेछ ।
प्रतिक्रिया