
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनसँगै राजनीतिक तनाव उत्कर्षमा पुगेको छ । नेकपा (एमाले) का प्रदेश संसदीय दलका नेता सरोज कुमार यादव सोमबार बिहान मधेश प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त भएपछि प्रदेशभर विरोध प्रदर्शन सुरु भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले यादवलाई संविधानको धारा १६८(३) बमोजिम सबैभन्दा ठूलो दलका नेताको हैसियतमा मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन् । शपथ ग्रहण लगत्तै यादवले सानो आकारको मन्त्रिपरिषद गठन गरेका छन् । उक्त निर्णयलाई लिएर प्रदेशमा राजनीतिक संकट उत्पन्न भएको छ । गत केही दिनयता लोसपाको नेतृत्वमा बनेको पाँचदलीय गठबन्धनले सरकार बनाउने तयारी गरिरहेको थियो । गठबन्धनमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन जनाएको थियो । तर सोमबार बिहान अनपेक्षित रूपमा एमालेका यादव मुख्यमन्त्री नियुक्त भएपछि विपक्षी दलहरू आक्रोशित बनेका छन् । सूत्रका अनुसार, प्रदेश प्रमुख भण्डारीले आफूलाई अस्वस्थ महसुस भएको भन्दै काठमाडौं जाने तयारी गरेकी थिइन् । तर, बाटोमै एक होटलमा यादवलाई गोप्य रूपमा शपथ ग्रहण गराएको दाबी गरिएको छ ।
एमालेभित्रै पनि यो नियुक्तिको विरोध उठेको छ । पार्टीका प्रमुख सचेतक हरिनारायण महतोले संविधानको धारा १६८(३) अनुसार मुख्यमन्त्री नियुक्ति संवैधानिक रूपमा त्रुटिपूर्ण भएको बताएका छन् । उनका अनुसार, अहिलेको परिस्थितिमा धारा १६८(२) अन्तर्गत गठबन्धन सरकारको प्रयास हुनुपर्ने थियो । यसै बिच मुख्यमन्त्री नियुक्तिको विरोधमा कांग्रेस, लोसपा, नागरिक उन्मुक्ति पार्टी, रास्वपा र राप्रपाका कार्यकर्ताहरू सडकमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले जनकपुरस्थित प्रदेश प्रमुखको कार्यालयमा तोडफोड गरेका छन् र भण्डारीको तत्काल राजीनामाको माग गर्दै नाराबाजी गरिरहेका छन् । सुरक्षाकर्मीहरूलाई परिस्थिती नियन्त्रणमा लिन प्रदेश राजधानीमा सुरक्षा सतर्कता बढाइएको छ । विज्ञहरूले यो घटनाले संवैधानिक व्याख्या र राजनीतिक स्थायित्वबारे प्रश्न खडा गरेको छ । धारा १६८(३) अनुसार मुख्यमन्त्री नियुक्त गर्न सकिए पनि, गठबन्धन बन्ने सम्भावना खुला रहँदा यस्तो कदम राजनीतिक हस्तक्षेपको रूपमा लिइएको हो । मधेश प्रदेशको यो विवादले संघीय राजनीतिक संरचनाको संवेदनशीलता पुनः उजागर गरेको छ । प्रदेश प्रमुखको निष्पक्षता र संविधानको सही व्याख्यामा नै अब मधेशको राजनीतिक भविष्य निर्भर रहनेछ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया