
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौँ, २५ कात्तिक २०८२ — अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) ले यस वर्ष पनि सरकारले किसानको उत्पादन खरिद नगरेको भन्दै कडा आपत्ति जनाएको छ । महासंघका संयोजक गुणराज लोहनीले मंगलबार जारी गरेको विज्ञप्तिमा किसानले उत्पादन गरेको धान राज्यले किन नलिएको र सरकारी कम्पनीहरूले खरिद प्रक्रिया ढिलो गरेको कारण किसानहरू दिनरात पालो कुर्दै धान बेच्न पर्खिरहेका छन् भनेर उल्लेख गरिएको छ । महासंघले सरकारको तर्फबाट कृषि सिँचाइ, मल र उन्नत जातको बीउको आपूर्ति नगरी किसानहरूलाई उत्पादनमा सहयोग नगरेको आरोप लगाएको छ । विज्ञप्तिमा भनिएको छ, “धान नपुग्ने कृषि विशेष क्षेत्रमा किसानले ऋण लिएर महिनौं मेहनत गरी उत्पादन गरेको धान नकिन्नु अपराध हो ।”
संगठनका अनुसार सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद मूल्य तोके पनि व्यवहारमा किसानले उचित मूल्य नपाएको गुनासो छ । उल्टो, दलाल र व्यापारीहरूले किसानको धान सस्तो मूल्यमा खरिद गरी नाफा कमाइरहेका छन् । महासंघले भन्यो, “सरकारले तोकेको मात्रामा भन्दा बढी नकिन्ने र ढिलासुस्ती गर्ने कुरा मार्जिनको बहानाका लागि गरिँदैछ । यदि सरकारले तत्काल धान खरिद नगरी किसानलाई राहत दिएन भने हामी किसानहरूलाई लिएर सशक्त आन्दोलन गर्न बाध्य हुनेछौं ।” संयोजक लोहनीले सरकारलाई चेतावनी दिँदै भनेका छन्, “यदि हाम्रो माग तत्काल सम्बोधन भएन भने धान बेच्न नपाएर मारमा परेका किसानसँगै संगठनले कडा आन्दोलनको तयारी गर्नेछ ।”
प्रतिक्रिया