
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आगामी मंशीर १ गतेदेखि त्रिवि क्रिकेट रंगशाला किर्तिपुरमा आयोजना हुने घोषणा गरेको छ । यस पटकका खेलहरू पहिलोपटक फ्लडलाइटमा (राति) खेलाइने भएका छन् । क्यानले सोमबार राति लिगको खेल तालिका सार्वजनिक गर्दै लिगका केही खेलहरू दिउँसो र केही खेलहरू साँझ फ्लडलाइटमा सञ्चालन गरिने जानकारी दिएको हो । तालिकाअनुसार उद्घाटन खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गुर्खाजबिच मंशीर १ गते अपरान्ह ४ः०० बजे हुनेछ । साथै, केही खेलहरू बिहान ११ः०० बजेबाट सुरु हुने बताइएको छ । यस संस्करणमा कुल १९ वटा लिग खेल, ३ वटा प्लेअफ र १ फाइनल खेल गरी २३ वटा खेल सबै फ्लडलाइटमा हुने छन् ।
त्रिवि क्रिकेट रंगशालामा हालसालै गरिएको मर्मतपछि १३ हजार दर्शक क्षमताको प्यारापिट तयार गरिएको छ । साथै, रंगशालामा फ्लडलाइट जडानको काम अन्तिम चरणमा पुगेको क्यानले जनाएको छ । एनपिएलमा यसपटक ८ फ्रेन्चाइज टोली सहभागी हुनेछन् । एनपिएल मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुनेछ । क्यानका एक पदाधिकारीका अनुसार, “फ्लडलाइटमा खेल आयोजना गर्नु नेपाली क्रिकेटका लागि नयाँ युगको सुरुवात हो । यसले दर्शक, प्रायोजक र खेलाडी सबैमा नयाँ उर्जा भर्नेछ ।” नेपाल प्रिमियर लिगको दोस्रो संस्करण नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठुलो र आधुनिक प्रतियोगिता बन्ने संकेत देखिएकोले मंशीरदेखि कीर्तिपुर फेरि क्रिकेटमय बन्ने निश्चित छ ।
प्रतिक्रिया