
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । बदलिँदो सुरक्षा चुनौती र राजस्व छली नियन्त्रणका उद्देश्यले सशस्त्र प्रहरी बल नेपालले देशका मुख्य सीमा नाकामा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई खटाएको छ । सशस्त्र प्रहरी बलका अनुसार यी एसएसपीहरूले सीमाक्षेत्रमा हुने राजस्व चुहावट, चोरी–निकासी, पैठारी तथा अन्य गैरकानुनी गतिविधि रोकथाम गर्ने जिम्मेवारी पाएका छन् । साथै, उनीहरूले भन्सार, राजस्व अनुसन्धान, उद्योग वाणिज्य संघ, स्थानीय निकाय र सर्वसाधारणसँग समन्वय गरी सीमा अपराध नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नेछन् । सशस्त्र प्रहरीका सहप्रवक्ता प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार, खटाइएका एसएसपीहरूले सम्बन्धित बाहिनी मुख्यालयसँग समन्वयमा रही दैनिक तथा साप्ताहिक प्रतिवेदन सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा बुझाउनेछन् । प्रभावकारी कार्यसम्पादन देखिएमा यो प्रणालीलाई निरन्तरता दिइने जनाइएको छ ।
खटाइएका मध्ये प्रदेश कोशी प्रदेश काँकडभिट्टा (झापा) र रानी (मोरङ) मा दिगविजय सुवेदी , मधेस प्रदेश नं.८ गण धनुषा र वीरगञ्ज (पर्सा) मा माधवप्रसाद पौडेल , लुम्बिनी प्रदेश डण्डा (रूपन्देही), कृष्णनगर (कपिलवस्तु) र जमुनाह (बाँके) मा रविनराज कर्णजीत, र सुदूरपश्चिम प्रदेश त्रिनगर (कैलाली) र गड्डाचौकी (कञ्चनपुर)मा गङ्गाराम श्रेष्ठ रहेका छन् । सशस्त्र प्रहरी बलका अनुसार यी वरिष्ठ उपरीक्षकहरू सीमाक्षेत्रमा स्थायी रूपमा रहेर अवैध गतिविधि, लागुऔषध र हातहतियार ओसारपसार, फरार अभियुक्त नियन्त्रण, तथा सीमासम्बन्धी सूचनाको अभिलेखीकरण गर्ने जिम्मेवारीमा रहनेछन् । यस पहलबाट भन्सार नाकाबाट वैध माध्यम प्रयोग गरी सामान आयातको प्रचलन बढ्ने र राजस्व चुहावटमा रोक लाग्ने विश्वास सशस्त्र प्रहरी बलले व्यक्त गरेको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया