
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौं । जनमुक्ति सेना नेपालले २०८२ मंसीर ८ गते विशेष कार्यक्रम गर्ने भएको छ । औपचारिक रुपमा जनमुक्ति सेना स्थापना भएकोे सन्दर्भ पारेर उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । छलफल, बहस, अन्तरसंवाद तथा सामूहिक चिन्तन कार्यक्रम”का लागि देशभरका पूर्व जनमुक्ति सेनाका सदस्य, जनसमर्थक तथा सहानुभूति राख्ने सबैमा उपस्थितिको आग्रह गर्दै औपचारिक निमन्त्रण सार्वजनिक गरिएको छ ।
संगठनले जारी गरेको जानकारी अनुसार कार्यक्रम संग्राम ब्यारेक तुलसीपुर दाङ्मा सञ्चालन हुनेछ । कार्यक्रममा सहभागी हुन समन्वयनका लागि सम्बन्धित जिल्ला तथा क्षेत्रका जिम्मेवार व्यक्तिहरूलाई सम्पर्क गर्न आह्वान गरिएको छ ।
जनमुक्ति सेना नेपालका अनुसार नयाँ परिस्थितिमा नयाँ योजना, राजनीतिक दिशा, सामूहिक अनुभव र भविष्यका चुनौतिबारे साझा मूल्यांकन गरेर एकीकृत रणनीति निर्माण गर्ने लक्ष्य रहेको छ । संगठनले यस कार्यक्रममार्फत “क्रान्तिकारी आन्दोलनको एकता, विश्वास र सहमतिको नयाँ आधार निर्माण गर्ने” उद्देश्य राखेको बताएको छ ।
प्रतिक्रिया