News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

जनमुक्ति सेना नेपालले विशेष कार्यक्रम आयोजना गर्ने

काठमाडौं । जनमुक्ति सेना नेपालले २०८२ मंसीर ८ गते विशेष कार्यक्रम गर्ने भएको छ । औपचारिक रुपमा जनमुक्ति सेना स्थापना भएकोे सन्दर्भ पारेर उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । छलफल, बहस, अन्तरसंवाद तथा सामूहिक चिन्तन कार्यक्रम”का लागि देशभरका पूर्व जनमुक्ति सेनाका सदस्य, जनसमर्थक तथा सहानुभूति राख्ने सबैमा उपस्थितिको आग्रह गर्दै औपचारिक निमन्त्रण सार्वजनिक गरिएको छ ।
संगठनले जारी गरेको जानकारी अनुसार कार्यक्रम संग्राम ब्यारेक तुलसीपुर दाङ्मा सञ्चालन हुनेछ । कार्यक्रममा सहभागी हुन समन्वयनका लागि सम्बन्धित जिल्ला तथा क्षेत्रका जिम्मेवार व्यक्तिहरूलाई सम्पर्क गर्न आह्वान गरिएको छ ।
जनमुक्ति सेना नेपालका अनुसार नयाँ परिस्थितिमा नयाँ योजना, राजनीतिक दिशा, सामूहिक अनुभव र भविष्यका चुनौतिबारे साझा मूल्यांकन गरेर एकीकृत रणनीति निर्माण गर्ने लक्ष्य रहेको छ । संगठनले यस कार्यक्रममार्फत “क्रान्तिकारी आन्दोलनको एकता, विश्वास र सहमतिको नयाँ आधार निर्माण गर्ने” उद्देश्य राखेको बताएको छ ।

प्रतिक्रिया