
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । नेकपा(बहुमत)ले जनसंविधान निर्माणका लागि ‘जनसंघर्ष अभियान’ घोषणा गरेको छ । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी माहासचिव धर्मेन्द्र बास्तोला‘कञ्चन’ले सुशीला कार्की नेतृत्व सरकारको विघटन र अन्तरिम स्वाधीन संयुक्त सरकारको गठनको मागसमेत गरेका छन् । बास्तोलाले वर्तमान सरकार जेनजी बिद्रोहले उठाएका एजेण्डा विपरित पुरानै बाटोमा हिँडिरहेकोले पुरै निकम्मा सावित भएको ठोकुवा गरेका छन् । जेनजीका सकारात्मक मागहरुमा आफ्नो पार्टीको पूर्ण सहमति भएको बताउँदै बास्तोलाले भने,“जेन्जीले उठाएका सुशासन र भ्रष्टाचार मुक्त गर्ने विषयमा हामीले संघर्ष गरिरहेकै थियौं, त्यसमा जहिले पनि हाम्रो साथ हुने नै भइहाल्यो तर अहिलेकै तरिकाले पुरा हुने देखिन्न, त्यसैले अब स्वाधिन संयुक्त सरकार आवश्यक भयो ।”
बास्तोलाले २०६३ साल मंसिर ५ गतेका दिन भएको वृहत्त शान्ति सम्झौता जस्तैः जेन्जीका माग र मुद्धाहरु समाप्त भएको जिकिर गर्दै भने,“माओवादी र दलहरुबीच भएको शान्ति सम्झौतामार्फत महान जनयुद्धका उद्देश्यहरुको विधिवद विसर्जन गरिएको र वर्तमान जेनजी विद्रोहको मर्मलाई पनि त्यसरी नै विसर्जन गरिएको छ ।” बास्तोलाले जनसंविधान निर्माण मात्रै देशको निकासको एक मात्रै अस्त्र भएको बताउँदै भने,“दलहरु संसद पुनस्थापनाको पश्चगामी बाटोमा नगएर अन्तरिम स्वाधिन संयुक्त सरकार गठन गरी जनताका अधिकारको सुनिश्चित गर्नसकिन्छ ।”उनले जनसंविधानमार्फत कृषि उद्योग र आवासका लागि निःशुल्क जमिन,शिक्षा र स्वास्थ्य निजिकरण मुक्त, राज्य नेतृत्वको औद्योगिक प्रणाली बनाउनुपर्ने बनाउनुपर्ने बताए । बास्तोलाले देशमा व्याप्त भ्रष्टाचार न्युनिकरण गर्न अधिकार सम्मपन्न सम्पत्ति छानविन आयोगको गठनलगायतका माग राखेका छन् ।
पार्टीका सचिवालय सदस्य उदयबहादुर चलाउने‘दिपक’ले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार जेनजी बिद्रोहको मर्म र भावना विपरित गएकोले अवस्था थप जटिल भएको बताए । चलाउनेले फागुन २१ का लागि निर्धारित निर्वाचन अहिलेकै अवस्थामा हुननसक्ने र यही अवस्थामा भए त्यसको कडा प्रतिवाद गरिने चेतावनी दिए । चलाउनेले जनसंविधान र अन्तरिम स्वाधिन सरकार निर्माणको दबाबका लागि १९ वर्ष अघि तत्कालिन माओवादी र ७ राजनीतिक लहहरुबीच भएको वृहत्त शान्ति सम्झौता भएको दिन आज मंसिर ५ गने सोको विरोधस्वरुप आजको कार्यक्रम गरेको र आजकै दिनबाट अभियानको सुरुवात गरेको जनाए । त्यसैगरी २०८२ मंसिर महिनाभरी प्रदेशस्तरिय अन्तरक्रिया गर्ने । पुष महिनाभरी वडा र पालिका स्तरमा विविध जनजागरण कार्यक्रम गर्ने र माग १० गते सबै प्रदेश राजधानीमा जनसभा गर्ने उद्घोष गरे ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया