
१रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
२अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
३राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
४माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
६फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
७दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
८प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
९एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
१०क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
११सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
१२नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
७आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
८रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
दाङ — नेकपा (बहुमत) ५ नं. ब्युरोले देशको बदलिँदो राजनीतिक परिस्थिति, जनसंविधान निर्माण तथा स्वाधीन संयुक्त सरकारको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रम मंगलबार घोराहीमा सम्पन्न गरेको छ । कार्यक्रममा पार्टीका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ मुख्य वक्ताका रूपमा सहभागी भएका थिए । अन्तरक्रियामा महासचिव कञ्चनले पछिल्ला वर्षहरूमा देश राजनीतिक अस्थिरता, आर्थिक दबाब र नेतृत्वहीनताबाट ग्रस्त बन्दै गएको टिप्पणी गरे । उनले दलाल पूँजीवादी संरचनाले मुलुकलाई निरन्तर संकटतर्फ धकेल्दै आएको र जनआन्दोलनका मुद्दा क्रमशः ओझेलमा परेपछि जनतामा निराशा बढेको बताए ।
उनका अनुसार भ्रष्टाचार, असमानता र प्रशासनिक कमजोरीका कारण शासनप्रति जनविश्वास घटिरहेको छ र वैकल्पिक राजनीतिक मार्गप्रति आकर्षण बढ्दो छ । यही असन्तुष्टिले जेन्जी विद्रोहजस्ता घटनाहरू जन्माएको उनको भनाइ थियो । कञ्चनले परम्परागत राजनीतिक शक्ति—पूर्वराजतन्त्रदेखि हालसम्मका दलहरू—देश चलाउन असफल देखिएको भन्दै जनसंविधानमार्फत जनताको प्रत्यक्ष शासन व्यवस्था अबको आवश्यकता भएको धारणा प्रकट गरे ।
कार्यक्रममा जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, नेपाली कम्युनिस्ट पार्टीका संयोजक बरूण, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य समीर, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन तथा जनमुक्ति सेना बुद्धिजीवी–प्रतिरोध अभियानका प्रमोद धिताललगायतका सहभागीहरूले पनि आफ्ना विचार राखेका थिए । अन्तरक्रिया कार्यक्रमकोे अध्यक्षता ५ नं. ब्युरो इन्चार्ज जितले गरे भने सहजीकरण ब्युरो कार्यालय सचिव सजकले गरेका थिए ।



१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
प्रतिक्रिया