
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौँ । डेडिकेटेड फिडर तथा ट्रंकलाइनका बक्यौता विवादमा पहिलो किस्ता बुझाएर विद्युत् आपूर्ति जडान गराएका उद्योगीलाई नेपाल विद्युत् प्राधिकरणले दोस्रो किस्ता बुझाउन औपचारिक पत्राचार सुरु गरेको छ । प्राधिकरणका विभिन्न वितरण केन्द्रहरूले मंगलबारदेखि सम्बन्धित उद्योगहरूलाई पत्र पठाउँदै तोकिएको समयमा दोस्रो किस्ता बुझाउन आग्रह गरेका हुन् । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार बक्यौता विवाद समाधानतर्फ उन्मुख भएकाले पहिलो किस्ता तिरेका उद्योगहरूले दोेस्रो किस्ता पनि तिर्ने विश्वासका साथ ताकेता गरिएको हो । उनले भने, “पहिलो किस्ता तिरेका उद्योगहरूलाई धन्यवादसहित दोस्रो किस्ता समयमा बुझाउन पत्राचार थालेका हौँ ।” उद्योगीहरूले प्राप्त पत्रमा पहिलो किस्ता तिरेकोमा धन्यवाद दिँदै बाँकी रकम २८ किस्तामध्ये दोस्रो किस्ता समयमै बुझाउन उल्लेख गरिएको छ । यसबीच, प्राधिकरणको ताकेतासँगै हुलास स्टील र अशोक स्टीलले दोस्रो किस्ता बुझाइसकेका छन् । अशोक स्टीलले दोस्रो किस्तामा ६३ लाख रुपैयाँ बुझाएको छ । कम्पनीले पहिलो किस्तामा पनि सोही बराबरको रकम तिरेको थियो । अशोक स्टीलको प्राधिकरणतर्फ १७ करोड ५८ लाख १४ हजार ४०६ रुपैयाँ बक्यौता रहेको छ । हुलास स्टील इन्डस्ट्रीज प्रालिले ५० लाख ४३ हजार रुपैयाँ दोस्रो किस्ता बुझाएको छ । कम्पनीको कुल बक्यौता १४ करोड १२ लाख ५ हजार रुपैयाँ रहेको छ ।
गत कार्तिकमा बक्यौता नतिरेका कारण प्राधिकरणले २५ उद्योगको लाइन काटेपछि उद्योगहरूले पहिलो किस्ता बुझाएका थिए । उच्च तहमा भएको समझदारीअनुसार पहिलो किस्तालाई ‘धरौटी’ मान्ने भनिए पनि प्राधिकरणले यसलाई नियमित किस्ताकै रूपमा अगाडि बढाएको छ । प्रशासकीय पुनरावलोकन प्रक्रिया पूर्ण नगरी नै प्राधिकरणले नियमित किस्ता असुली अघि बढाएको उद्योगीहरूको दाबी छ । २०७२ माघदेखि २०७५ वैशाखसम्मको प्रिमियम महसुलबापत ३५ उद्योगबाट ५ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ बक्यौता रहेकोमा हालसम्म २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ मात्र असुल भएको प्राधिकरणले जनाएको छ । अझै ५ अर्ब ७० करोड ६८ लाख रुपैयाँ उठ्न बाँकी छ ।
प्रतिक्रिया