
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौँ — पूर्वी युक्रेनको डोन्बास क्षेत्रमा जारी तनाव झन् चर्किंदै गएको छ । युक्रेनलाई उक्त क्षेत्रबाट सेना फिर्ता गर्न रुसले कडा चेतावनी दिएको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले इन्डिया टुडेसँगको अन्तर्वार्तामा डोन्बासका क्षेत्रमा युक्रेनी सेना नभए मात्रै स्थिरता कायम हुनसक्ने दाबी गर्दै, “यी इलाकालाई युक्रेनले छाड्नुपर्छ, नभए हामी आफैं कब्जा गर्छौँ,” भने । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने आफ्नो सार्वभौमिक भूभागमा कुनै पनि प्रकारको सम्झौता अस्वीकार्य रहेको बताएका छन् । सन् २०२२ मा युद्ध सुरु भएयता रुसले डोन्बासको करिब ८५ प्रतिशत भूभाग कब्जामा लिइसकेको अन्तर्राष्ट्रिय विश्लेषणले बताइरहेको छ ।
युद्ध बन्द गर्न अमेरिकाको मध्यस्थतामा चलिरहेको शान्ति प्रक्रियामा पनि दुई देशबीच भूमिसम्बन्धी दाबीमा सहमति नजुटेपछि प्रगति हुन सकेको छैन । रुसद्वारा कब्जा गरिएका क्षेत्रहरूको भविष्य र युक्रेनलाई दिनुपर्ने सुरक्षा ग्यारेन्टीलाई वार्ताका प्रमुख मुद्दाका रूपमा हेरिएको छ । यसैबीच, गत मंगलबार मस्कोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफले पुटिनसँग भेटवार्ता गरेका थिए । त्यसपछि उनले फ्लोरिडामा युक्रेनी प्रतिनिधिमण्डलसँग भेट्ने तयारी गरिरहेका छन् । ट्रम्पले पुटिनसँगको भेटलाई “उत्कृष्ट” भनेका छन्, तर अमेरिकाले अघि सारिरहेको केही प्रस्तावप्रति आफू पूर्ण सहमत नभएको पुटिनको टिप्पणीले वार्ताको भविष्य अझै अनिश्चित देखिन्छ ।
प्रतिक्रिया