
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ७ नं. ब्यूरो अन्तर्गत कञ्चनपुर जिल्लाको चौथो बैठक सम्पन्न भएको छ । पार्टी जिल्ला सेक्रेटरी नक्सालको अध्यक्षतामा बसेको बैठकमा ७ नं. ब्यूरो इन्चार्ज डिडि पाण्डे ‘प्रतिक’ प्रमुख अतिथि रहेका थिए । बैठकमा केन्द्रीय समिति सल्लाहकार रास्ट्रपति, जिल्ला इन्चार्ज राम भट्ट ‘मिशन’, अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिव गोबिन्द बिष्ट, सचिवालय सदस्य लक्ष्मी शाह तथा कम्युनिष्ट युवा संगठनका नेता दिपेन्द्रको उपस्थिति रहेको थियो । बैठकले कञ्चनपुर जिल्लामा चलिरहेको समग्र क्रान्तिकारी आन्दोलनका विषयमा विस्तृत छलफल गरेको जिल्ला इन्चार्ज राम भट्ट ‘मिशन’ले जानकारी दिए । साथै पार्टीको जनसंविधानका लागि जनसंघर्ष अभियान सञ्चालनबारे महत्वपूर्ण निर्णयहरू समेत बैठकले गरेको भट्टले बताए ।
प्रतिक्रिया