
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ — चेपाङ समुदायका विद्यार्थीले आफ्नै हातले निर्माण गरेको नेपाली स्याटेलाइट चीनबाट सफलतापूर्वक प्रक्षेपण गरिएको छ । ‘स्लिपर्स टु स्याट’ शीर्षकमा अघि बढाइएको यो अनौठो र प्रेरणादायी मिसनअन्तर्गत तयार गरिएको क्यूब स्याटेलाइट बुधबार बिहान पौने १० बजे चीनको इनर मंगोलियास्थित चिउक्वान स्याटेलाइट लन्च सेन्टरबाट काइनेटिका–वान रकेटमार्फत अन्तरिक्षतर्फ पठाइएको अन्तरिक्ष प्रतिष्ठान नेपालले जनाएको छ । यो नेपालमै डिजाइन र निर्माण गरिएको पहिलो स्याटेलाइटका रूपमा इतिहासमा दर्ज भएको छ । चेपाङ समुदायका ७ र ८ कक्षामा अध्ययनरत विद्यार्थीहरू स्याटेलाइट निर्माणको सम्पूर्ण प्रक्रियामा प्रत्यक्ष सहभागी थिए, जसले यो मिसनलाई अझै विशेष बनाएको छ । ‘स्लिपर्स टु स्याट’ अर्थात् एक जोर चप्पल किन्न पनि गाह्रो पर्ने समुदायबाट स्याटेलाइट निर्माणसम्मको यात्रा भन्ने गहिरो सामाजिक सन्देशसहित मिसन अघि बढाइएको हो ।
अन्तरिक्ष प्रतिष्ठानको पहलमा निर्माण भएको यस ‘उपग्रह बस’ प्रणालीमा विद्युत् शक्ति प्रणाली (EPS), अनबोर्ड कम्प्युटर (OBC) र सञ्चार प्रणाली एउटै सर्किट बोर्ड (PCB) मा समायोजन गरिएको छ । यसका डिजाइनेशनमा यसअघि प्रक्षेपण भएका नेपाली–स्याट वन र मुनाल उपग्रहहरूको प्रविधिलाई अझ विकसित रूपमा प्रयोग गरिएको स्याटेलाइट मिसन व्यवस्थापक इन्जिनियर ऋषभ अधिकारी बताउँछन् । उनका अनुसार यस्तो संरचनाले क्यूबस्याट भित्र थप वैज्ञानिक वा अनुसन्धानात्मक उपकरण जडान गर्न पर्याप्त स्थान उपलब्ध गराउँछ । मिसनले विशेषगरी प्राकृतिक विपत्ति व्यवस्थापनमा उपयोगी हुने तथ्यांक संकलन र प्रसारण कार्यमा सहयोग गर्ने अपेक्षा राखिएको छ । यो सफलताले ग्रामीण समुदायका विद्यार्थीहरूलाई उदीयमान प्रविधिमा सहभागी गराउने मात्र होइन, नेपालको अन्तरिक्ष प्रविधि क्षमतामा नयाँ अध्याय थपेको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया