News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

विदेशी हस्तक्षेप बढ्यो, देश पराधीन बन्दैछ : नेकपा (बहुमत) सिराहा

सिराहा, गोलबजार । नेकपा (बहुमत) सिराहा जिल्ला समितिको बैठक जिल्ला समिति सचिव उचित महराको अध्यक्षतामा शुक्रबार गोलबजारमा सम्पन्न भएको छ । बैठक पार्टीले सञ्चालन गर्दै आएको जनसंविधानका लागि जनसंघर्ष तीन महिनें अभियान अन्तर्गत आयोजना गरिएको थियो । बैठकका प्रमुख अतिथि पार्टी केन्द्रीय सचिवालय सदस्य तथा २ नम्बर ब्युरो इन्चार्ज शार्दुल रहेका थिए । बैठकलाई सम्बोधन गर्दै उनले अहिले देश पराधीन बन्दै गएको र विदेशी शक्तिको हस्तक्षेप बढ्दै गएको आरोप लगाए । उनले भने, “अहिलको सरकार विदेशी एजेन्टको भूमिकामा छ । विदेशी क्ष्ल्न्इ को निर्देशनमा राज्य सञ्चालित हुँदा राष्ट्रको मौलिकता, संस्कृति र सार्वभौमिकतामै हमला भइरहेको छ ।”
शार्दुलले वर्तमान “कठपुतली सरकार” को कारण देश आर्थिक संकटतर्फ धकेलिएको दाबी गर्दै पुरानो संविधान खारेज भइसकेको र आम नागरिकको जीवन झनै कष्टकर बन्दै गएको बताए । उनका अनुसार शिक्षा–स्वास्थ्य जनताको पहुँचभन्दा बाहिर पुगेको, रोजगारीको अवसर शून्यजस्तै भएको र बेरोजगारी तथा अभावले त्रस्त जनता लघुवित्त तथा सहकारी बैंकहरूको अत्यधिक ब्याज असुलीले आत्महत्या गर्न बाध्य बनिरहेको स्थिति गम्भीर छ । “यी सबै समस्याको मूल कारण दलाल संसदीय व्यवस्था हो,” शार्दुलले भने, “यसलाई अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु अपरिहार्य छ ।” बैठकले भ्रष्टाचारविरुद्ध जनकारबाही गर्ने, मिटरब्याज, लघुवित्त तथा बैंक पीडितलाई न्याय दिन आन्दोलन अघि बढाउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया