News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रवास राजनीति समाचार

नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्‌ता दिने

भारत/प्रवास । नेपाल कम्युनिष्ट पार्टी(बहुमत) विदेश ब्युरो अन्तर्गत भारत उपब्युरोको बैठक उपब्युरोका इन्चार्ज/सेक्रेटरी ‘सन्तोष’को अध्यक्षता र पार्टीका महासचिव कञ्चनको प्रमुख आतिथ्यतामा जुमबाट सम्पन्न भएको छ । बैठकले पार्टीको पछिल्लो केन्द्रीय समितिको बैठकको दिशा निर्देश अनुसार भारतमा गर्ने कामको बारेमा छलफल योजना सहित अगाडि बढ्ने निर्णय गरेको बैठकका अध्यक्ष समेत रहेका सन्तोषले बताए । बैठकका प्रमुख अतिथि कञ्चनले पार्टी, आन्दोलन र समाजवादी क्रान्तिको बारेमा पार्टीले कसरी सोचिरहेको छ भन्ने बारेमा प्रशिक्षित गरेका थिए । साथै विदेश ब्युरो इन्चार्ज मुक्तिले समाजवादी क्रान्तिका लागि भारत उपब्युरोले बहुआयामिक कोणबाट खेल्न सक्ने भूमिकाबारे बताउनु भएको बैठकमा सहभागी नेता निर्देशले बताए । वैठकमा अन्ने अथितिहरुमा पार्टीका ७ नं. ब्युरो इन्चार्ज प्रतिक र केन्द्रीय कार्यालय सचिव अविरलको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया