
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
रूपन्देही । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ५ नं. ब्यूरोले जनसंविधानका लागि जनसंघर्ष अन्तर्गत सिस्ने सुस्ता अभियानका सन्दर्भमा रूपन्देहीका अगुवा कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएको छ। प्रशिक्षण कार्यक्रममा पार्टी सचिवालय सदस्य तथा ५ नं. ब्यूरो इन्चार्ज जित प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पार्टी सचिवालय सदस्य तथा ५ नम्बर व्यूरो इन्चार्ज जित, पार्टी सचिवालय सदस्य तिलक, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बिनोद, कपिलवस्तु सेक्रेटरी बिरू लगायत नेताहरूको उपस्थिति रहेको थियो । प्रशिक्षणमा पार्टी सचिवालय सदस्य तथा ब्यूरो इन्चार्ज जितले जनसंविधानको आवश्यकता, जनसंविधानका लागि संघर्षको कारण र वर्तमान राजनीतिक अवस्थाको बारे प्रशिक्षण दिए । उनले मिटरब्याजी तथा लघुवित्त संस्थामार्फत जनतालाई लुट्ने प्रवृत्तिमाथि कडा प्रहार गर्दै ती संरचनालाई पार्टीले कारबाहीको निसाना बनाइने बताए। हाल देशको परिस्थितिअनुसार स्वाधीन संयुक्त सरकारको आवश्यकता रहेको उल्लेख गर्दै उनले फागुन २१ गते निर्धारित
संसदीय चुनावले मुलुकले कुनै पनि हालतमा निकास नपाउने जिकिर गर्दै चुनाव सशक्त रूपमा बहिष्कार गर्ने पार्टीको निर्णय सार्वजनिक गरे ।
कार्यक्रममा बोल्दै सचिवालय सदस्य तिलकले वर्तमान संसदीय व्यवस्थाले जनताको सार्वभौमसत्ता कुण्ठित बनाएको आरोप लगाए । उनले जनसंविधानलाई “जनअधिकार र जनसत्ता स्थापित गर्ने औजार”का रूपमा व्याख्या गर्दै जनसंघर्ष अभियानलाई सबै तहमा विस्तार गर्न आग्रह गरे। उनले जनसंघर्ष अभियानलाई सबै जिल्लामा जनसंगठन र वर्गीय संगठन विस्तारको माध्यम बनाउँदै अघि बढाउनु महत्वपूर्ण रहेको बताए । जिल्ला इन्चार्ज बिनोदले स्थानीयदेखि केन्द्रसम्म फैलिएर रहेको शोषण तथा भ्रष्ट संरचना अन्त्य गर्न संगठित जनसङ्गठन निर्माण अनिवार्य भएको उल्लेख गर्दै जनसंविधानलाई जनक्रान्तिको नयाँ चरणका रूपमा बताए । कार्यक्रमले सहभागीहरूलाई जनसंघर्ष, जनसंविधान, संसदीय बहिष्कार र जनकारबाहीसम्बन्धी विचारमा थप स्पष्टता प्रदान गरेको आयोजकहरूको भनाइ छ । कार्यक्रमको अध्यक्षता पार्टी सेक्रेटरी ओमनारायणले गरेका थिए भने सहजीकरण विकास पट्टेलले गरेका थिए ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
५वैचारिक संघर्षबारे
प्रतिक्रिया