
१लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
२नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
३कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
४नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
५नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
६नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
७दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
८जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत रूपन्देहीमा नेकपा (बहुमत)५ नं. ब्यूरोको राजनीतिक प्रशिक्षण
९अछामका ११ वर्षीय बालक किड्नी निकालिएको अवस्थामा फेला, प्रगतिशील नेपाली जनसमाज समितिद्धारा छानविनको माग
१०नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
११नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१२विदेशी हस्तक्षेप बढ्यो, देश पराधीन बन्दैछ : नेकपा (बहुमत) सिराहा
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
४नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
दाङ, घोराही । जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत सञ्चालन भइरहेको सिस्ने–सुस्ता अभियानको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ५ नम्बर ब्यूरोले दाङको घोराहीमा अगुवा कार्यकर्ताहरूलाई लक्षित गरी राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पार्टी सचिवालय सदस्य तथा ५ नम्बर ब्यूरो इन्चार्ज जित प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए भने विशेष अतिथिकारूपमा पार्टी सचिवालय सदस्य तिलक र रुकुम पश्चिम जिल्ला सेक्रेटरी सोम्पाल उपस्थित थिए । कार्यक्रमको अध्यक्षता पार्टी सेक्रेटरी सजकले गरेका थिए भने सहजीकरण प्रेमप्रशान्त बोहोराले गरेका थिए ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि ब्यूरो इन्चार्ज जितले हालको संसदीय व्यवस्थाप्रति जनतामा तीव्र वितृष्णा बढ्दै गएको उल्लेख गर्दै त्यसको विकल्पका रूपमा बैज्ञानिक समाजवादी राज्यसत्ता अपरिहार्य भएको बताए । जनसंविधान निर्माणका लागि पार्टीको कार्यदिशा र कार्यनीति जनस्तरसम्म पुर्याउन कार्यकर्ताहरूको भूमिका निर्णायक हुने उनको भनाइ थियो । उनले पार्टीको कार्यदिशा कार्यनीति कार्यान्वयन गर्दै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्नेमा जोड दिए । साथै, मिटरब्याज पीडित, लघुवित्त पीडितलगायत उत्पीडित वर्गलाई एकताबद्ध गर्दै वर्गीय मुक्ति आन्दोलनमा जोड्न कार्यकर्ताहरूलाई आग्रह गरे । आगामी फागुन २१ गते हुने संसदीय चुनावले देशलाई निकास नदिने दाबी गर्दै उनले भने, “उही भ्रष्ट, दलाल र तस्कर प्रवृत्तिका नेताहरूलाई फेरि भोट दिनु भनेको भ्रष्टाचार गर, सुन तस्कर बन, सरकारी जग्गा बेच भन्ने सन्देश दिनु जस्तै हो ।” यस्ता नेता र वर्तमान व्यवस्थाबाट देशको निकास र विकास खोज्नु मूर्खता बाहेक केही नभएको भन्दै पार्टीले उक्त चुनाव सशक्त रूपमा बहिष्कार गर्ने घोषणा गरे । जितले हालको राजनीतिक संकट समाधानका लागि पार्टीको धारणा अनुसार स्वाधीन संयुक्त सरकारको आवश्यकता रहेको पनि स्पष्ट पारे ।
त्यस्तै, पार्टी सचिवालय सदस्य तिलकले भ्रष्टाचार र सुशासनको माग गर्दै उठाइएको जेन्जी आन्दोलन दिशाहीन भएको टिप्पणी गरे । उद्देश्य, कार्यक्रम र कार्यनीति बिना सञ्चालन गरिएका आन्दोलनले देशलाई निकास नदिई विध्वंस मात्र गर्ने उनको भनाइ थियो । उनले भने, “जनयुद्धका दस वर्षमा माओवादीले नगरेको क्षति जेन्जी आन्दोलनले दुई दिनमै गर्यो, तर उपलब्धि के भयो ? देशले निकास पायो ? भ्रष्टाचारी, दलाल र तस्करहरू खुलेआम हिँडिरहेका छन्, सुशासन छैन, उही पुराना नेता र उही पुरानो व्यवस्था कायम छ ।” यस्ता आन्दोलनका कारण बालबालिकादेखि युवासम्मले अनाहक रगत बगाउनुपरेको भन्दै उनले गम्भीर समीक्षा आवश्यक रहेको बताए । कार्यक्रममा सहभागी कार्यकर्ताहरूले वर्तमान राजनीतिक अवस्था, जनसंविधानको औचित्य र पार्टीको भावी कार्यदिशाबारे गहन छलफल भएको प्रतिक्रिया दिएका छन् ।
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
४नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
प्रतिक्रिया