
१चुनाव किन खारेज भनेको !
२हिरासतका ११ दिन : फलामे गेटभित्रको एउटा वैचारिक यात्रा
३नेपालको चुवावले अनुहार फेरिए पनि जनताको कथा भने यथावत रहनेछ
४दक्षिण एशियाका २२ विद्यार्थी संगठनद्वारा इरानमाथि भएको सैन्य आक्रमणको विरोध
५अखिल नेपाल महिला संगठनद्वारा ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना
६निर्वाचन ‘धोका’ भएको बहुमतको निष्कर्ष, नयाँ राजनीतिक संघर्ष आवश्यक भएको भनाई
७चितवनको नारायणी नमूना माविको मतदान केन्द्रमा नेकपा (बहुमत)को प्रदर्शन
८चुनाव विरोधी गतिविधि गरेको अभियोगमा नेकपा(बहुमत)का चार नेता पक्राउ, रिहाइको माग
९कास्कीमा नेकपा (बहुमत) का चार नेता पक्राउ, पार्टीद्वारा रिहाइको माग
१०पुरानै सत्तालाई निरन्तरता दिने चुनाव खारेज गर्न नेकपा(बहुमत) को अपिल
११चुनावलाई बहिष्कार गरी धक्का सिर्जना गर्न संयुक्त संघर्ष समितिको अपिल
१२बर्दियाबाट नेकपा (बहुमत) का ब्युरो कार्यालय सचिव पक्राउ
१चुवाव खारेजी र महासचिव पक्राउको विरोधमा नेकपा(बहुमत)को देशभर मशाल जुलुस
२नेकपा(बहुमत) सुदूरपश्चिमद्वारा १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता गर्न पत्राचार
३अहिलेको निकास राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता हुने गरी संविधानमा परिवर्तन हो ।
४नेकपा(बहुमत)का सचिवालय सदस्य काठमाण्डौंको किर्तिपुरबाट पक्राउ, रिहाइको माग
५महासचिव लगाएत नेताहरूको गिरफ्तारीको बिरुद्ध नेकपा(बहुमत) आन्दोलित : पुतला दहनदेखि मशाल जुलुस सम्म
६नेपाल बन्दपछि नेकपा(बहुमत)को धन्यवाद ज्ञापन, पक्राउ परेका नेताहरुको रिहाइ माग
७पुरानै सत्तालाई निरन्तरता दिने चुनाव खारेज गर्न नेकपा(बहुमत) को अपिल
८बुटवल र कपिलवस्तुबाट नेकपा (बहुमत)का नेता पक्राउ, पार्टीको कडा आपत्ति
९चुनावलाई बहिष्कार गरी धक्का सिर्जना गर्न संयुक्त संघर्ष समितिको अपिल
१०इरानमाथि भएको आक्रमणको विरोधमा नेकपा (बहुमत) विदेश ब्युरोको कडा प्रतिक्रिया
११अखिल नेपाल महिला संगठनद्वारा ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना
१२संयोजक बुढाको गिरफ्तारी कायरतापूर्ण श्वेत आतंक : अखिल (क्रान्तिकारी)
उदयपुर, कटारी । दलाल पूँजीवादी संसदीय सत्ताको विरुद्ध निर्णायक वैचारिक–राजनीतिक मोर्चा खोल्ने उद्देश्यसहित नेपाल कम्युनिष्ट पार्टी (बहुमत) १ नं. ब्युरोले ‘जनसंविधानका लागि जनसंघर्ष अभियान’ को औपचारिक उद्घाटन गरेको छ । उदयपुर जिल्लाको कटारी नगरपालिका–स्थित गोलपार्कमा आयोजित सभाबाट अभियानको शुभारम्भ गरिएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नं. ब्युरो इन्चार्ज धमिलले वर्तमान दलाल पूँजीवादी संसदीय व्यवस्था साम्राज्यवादको सेवक बनेर जनतामाथि उत्पीडन, शोषण, विकृति र विसंगति थोपरिरहेको आरोप लगाए । उनले यही व्यवस्थाका कारण देश गहिरो राजनीतिक, आर्थिक र सामाजिक संकटमा फसेको उल्लेख गर्दै यसको समूल ध्वंस नगरी जनताको सत्ता स्थापना सम्भव नहुने स्पष्ट पारे । धमिलले पछिल्लो समय देखिएको जेन–जी विद्रोहका सन्दर्भमा युवाहरूले उठाएका प्रश्न र असन्तोष सही भए पनि त्यसलाई साम्राज्यवादी तथा प्रतिगामी शक्तिहरूले अपहरण गरी जनविरोधी दिशातर्फ मोडिरहेको बताए । उनले युवाहरूलाई भ्रम र भड्कावबाट मुक्त हुँदै क्रान्तिकारी वैकल्पिक राजनीतिक धारमा संगठित हुन आह्वान गरे । उनले सरकारले घोषणा गरेको फागुन २१ को संसदीय निर्वाचनप्रति लक्षित गर्दै यस्तो निर्वाचनले देशका समस्याको समाधान नगर्ने, बरु गरिबी र परनिर्भरताको संकट थप गहिरो बनाउने खतरा रहेको चेतावनी दिए । साम्राज्यवादको निर्देशनमा हुन लागेको भन्दै उनले उक्त चुनाव खारेज मात्र होइन, ध्वस्त गरिने घोषणा गरे ।
त्यसैगरी, पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज नरेशले आजको ऐतिहासिक आवश्यकता जनसंविधान भएको स्पष्ट पारे । दलाल संसदीय व्यवस्थाले उत्पादन, रोजगारी, शिक्षा, स्वास्थ्य र राष्ट्रिय स्वाधीनताका सवालमा जनताको अधिकार सुनिश्चित गर्न पूर्ण रूपमा असफल भएको उनको भनाइ थियो । उनले यसको निकास संगठित जनसंघर्षबाट मात्र सम्भव हुने धारणा राखे । नरेशले देशभर फैलिएको मिटरब्याजी तथा वित्तीय शोषणविरुद्ध सशक्त आन्दोलन चर्काइने घोषणा गर्दै जनसंविधानका लागि जनसंघर्षको वैचारिक आधार प्रस्तुत गरे । उनका अनुसार दलाल पूँजीवादी सत्ताको अन्त्य गर्दै जनताको सत्ता स्थापना, राष्ट्रियता–जनतन्त्र–जनजीविकाका समस्या समाधान, जननिर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था, निःशुल्क स्वास्थ्य सेवा, राष्ट्रिय उद्योग सञ्चालन, पर्याप्त रोजगारी सिर्जना, किसान–मजदुरको श्रमको उचित मूल्य, महिला तथा जाति–जनजातिका अधिकार सुनिश्चित गर्नु जनसंघर्षका प्रमुख उद्देश्य हुन् ।
उद्घाटन समारोहमा वक्ताहरूले अभियानलाई गाउँ–टोल, कारखाना–खेत तथा शिक्षालयसम्म विस्तार गर्दै श्रमिक, किसान, युवा र उत्पीडित समुदायलाई संगठित गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको उद्घोषण तथा सञ्चालन पार्टीका केन्द्रीय सदस्य अनुपमले गरेका थिए भने स्वागत मन्तव्य उदयपुर जिल्ला सचिव सुदिपले राखेका थिए । पार्टीका अनुसार जनसंविधानका लागि जनसंघर्ष अभियान १ नं. प्रदेशका १४ वटै जिल्लामा कोणसभा, जनभेटघाट र संगठन विस्तारका कार्यक्रममार्फत आगामी तीन महिनासम्म सञ्चालन गरिनेछ । कटारीबाट सुरु भएको यो अभियानले दलाल संसदीय सत्ताको अन्त्य र जनताको संविधान स्थापनाका लागि संघर्षलाई निर्णायक उचाइमा पुर्याउने विश्वास व्यक्त गरिएको छ ।

१चुवाव खारेजी र महासचिव पक्राउको विरोधमा नेकपा(बहुमत)को देशभर मशाल जुलुस
२नेकपा(बहुमत) सुदूरपश्चिमद्वारा १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता गर्न पत्राचार
३अहिलेको निकास राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता हुने गरी संविधानमा परिवर्तन हो ।
४नेकपा(बहुमत)का सचिवालय सदस्य काठमाण्डौंको किर्तिपुरबाट पक्राउ, रिहाइको माग
५महासचिव लगाएत नेताहरूको गिरफ्तारीको बिरुद्ध नेकपा(बहुमत) आन्दोलित : पुतला दहनदेखि मशाल जुलुस सम्म
प्रतिक्रिया