
१बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
२मिटरब्याज तथा लघुवित्तीय शोषणविरुद्ध सामुहिक प्रतिरोध गर्ने पीडितको प्रतिवद्वता
३नेकपा (बहुमत) कञ्चनपुरद्धारा भिमदत्त पन्तको शालिकमा माला लगाएर जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
४लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
५नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
६कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
७नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
८नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
९नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
१०दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
११जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत रूपन्देहीमा नेकपा (बहुमत)५ नं. ब्यूरोको राजनीतिक प्रशिक्षण
१२अछामका ११ वर्षीय बालक किड्नी निकालिएको अवस्थामा फेला, प्रगतिशील नेपाली जनसमाज समितिद्धारा छानविनको माग
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१०नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ५ नम्बर ब्यूरो अन्तर्गत कपिलवस्तु जिल्लाका विभिन्न स्थानीय तहमा गठित बैंक तथा वित्तीय मिटरब्याजविरुद्ध प्रतिरोध समितिको संयुक्त प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । जिल्लाको शिवराज नगरपालिका, विजय नगर गाउँपालिका, बहादुरगन्ज नगरपालिका र कृष्णानगर नगरपालिकामा प्रतिरोध समितिका प्रतिनिधि, अगुवा कार्यकर्ता तथा मिटरब्याज र लघुवित्तीय शोषणबाट पीडितहरूको सहभागितामा कार्यक्रम गरिएको हो । कार्यक्रममा बैंक तथा वित्तीय संस्थाको नाममा फैलिँदै गएको मिटरब्याज, लघुवित्तीय संस्थाको मनपरी ब्याजदर, जबर्जस्ती असुली, धम्की, कागजात दुरुपयोग र घरजग्गा कब्जाजस्ता घटनाबारे विस्तृतरूपमा छलफल गरिएको थियो । त्यस्तै प्रशिक्षण सत्रमा सहभागीहरूलाई मिटरब्याजको संरचना, कानुनी अवस्था, पीडितको अधिकार, प्रतिरोधका संगठनात्मक विधि तथा सामूहिक संघर्षको आवश्यकता बारे स्पष्ट पारिएको थियो । प्रशिक्षण तथा बैठकमा पार्टी सचिवालय सदस्य तथा ५ नम्बर ब्यूरो इन्चार्ज जितले वर्तमान वित्तीय प्रणाली श्रमिक, किसान र साना व्यवसायीविरुद्ध केन्द्रित रहेको आरोप लगाउँदै मिटरब्याज र लघुवित्तीय शोषण राज्यकै संरक्षणमा मौलाएको बताए । उनले पीडितहरूलाई संगठित गर्दै जनस्तरबाट दबाब सिर्जना नगरेसम्म समस्या समाधान नहुने उल्लेख गर्दै प्रतिरोध समितिलाई सक्रिय, अनुशासित र जनमुखी रूपमा अघि बढ्न निर्देशन दिए ।
त्यसैगरी पार्टी सचिवालय सदस्य तिलकले मिटरब्याज र लघुवित्तीय शोषण केवल आर्थिक समस्या नभई सामाजिक र राजनीतिक अन्यायको रूपमा देखिएको बताए । उनले गाउँ–टोलदेखि नगरपालिका स्तरसम्म पीडितहरूको एकताबद्ध आवाज निर्माण गर्नुपर्नेमा जोड दिँदै पार्टी पीडितको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा पीडितहरूले एक सयको मासिक ५ रूपैँयाका दर ब्याज लिने गरेको र ५० हजार साँवा लिएकोमा एकलाखको तमसुक (कागज) गराउने गरेको बताएका छन् । एकपीडितले भनिन् एक सयको ५ रूपैँया ब्याज भन्दै ५० हजार लिएकोमा दुईलाख पँचास हजार रूपंँया दिन मिटरब्याजीले दिबाव दिने गरेको र प्रहरीमा उजुरी दिने धम्की समेत दिइरहेको बताईन ।
बैठकमा सहभागी मिटरब्याज तथा लघुवित्तीय पीडितहरूले आफ्नो पीडाबारे खुलस्त धारणा राख्दै पार्टीसमक्ष सामूहिक निवेदन प्रस्तुत गरेका थिए । निवेदनमा अत्यधिक ब्याजदर खारेज, गैरकानुनी ऋण सम्झौता र फर्जी कागजात रद्द, जबर्जस्ती असुली बन्द, घरजग्गा फिर्ता, पीडितमाथि लगाइएका झुट्टा मुद्दा फिर्ता तथा दोषी साहु–लघुवित्तीय संस्थामाथि कडा कारबाहीको माग गरिएको छ । कार्यक्रममा प्रतिरोध समितिको आगामी कार्ययोजना समेत तय गरिएको छ। जसअनुसार पीडितहरूको तथ्यांक संकलन र स्थानीय तहमा दबाबमूलक गतिविधि तथा सामूहिक संघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। कार्यक्रमको अध्यक्षतामा बैंक लघुबित्तीय तथा मिटरब्याज बिरूद्वको प्रतिरोध समिति संयोजक सलिनको रहेको थियो ।
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
प्रतिक्रिया