
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
भक्तपुर । अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको चौथो पूर्ण बैठक संगठनका अध्यक्ष क. विरेन्द्र शाहको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव क. धर्मेन्द्र बास्तोला ‘कञ्चन’को प्रमुख आतिथ्यतामा भक्तपुरमा सानदार रूपमा सम्पन्न भएको छ । मिति २०८२ मंसिर २८ देखि पुष १ गते सम्म चलेको उक्त बैठकले मुलुकको समग्र राजनीतिक, शैक्षिक र आर्थिक अवस्थामाथि गम्भीर समीक्षा गरेको छ । बैठकले दलाल पुँजीवादी व्यवस्थाबाट उत्पन्न शैक्षिक संकट, बेरोजगारी, भ्रष्टाचार, सामाजिक अन्याय र राष्ट्रिय स्वाधीनतामाथि देखिएको गम्भीर चुनौतीको समीक्षा गर्दै त्यसको विरुद्ध क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई निर्णायक संघर्षको चरणमा लैजाने ऐतिहासिक संकल्प व्यक्त गरेको छ । लामो समयदेखि अवसरवाद, वैचारिक विचलन र निष्क्रियताका कारण कमजोर बनाइएको विद्यार्थी आन्दोलनलाई पुनः क्रान्तिकारी धारमा फर्काउन ‘विद्यार्थी जागरण अभियान’ सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति, विद्यार्थी आन्दोलनको वर्तमान अवस्था, संगठनको वैचारिक–राजनीतिक कार्यदिशा, सांगठनिक पुनर्निर्माण तथा आगामी संघर्षका कार्यक्रमहरूबारे गहन छलफल भएको थियो । शिक्षाको व्यापारीकरण, बेरोजगारी, सामाजिक विभेद र दलाल पुँजीवादी शोषणको विरुद्ध सशक्त तथा संगठित संघर्ष अघि बढाउने निष्कर्ष बैठकले निकालेको छ ।
त्यसैगरी, उत्पीडित वर्ग, समुदाय तथा विद्यार्थी–युवालाई व्यापक रूपमा संगठित गर्दै परिवर्तनकारी आन्दोलनको अग्रपंक्तिमा उभ्याउने, वैज्ञानिक समाजवादको मार्गदर्शनमा क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई पुनःनिर्माण गर्ने र संगठनलाई वैचारिक, सांगठनिक तथा संघर्षात्मक रूपमा थप सुदृढ बनाउने प्रतिबद्धता बैठकले व्यक्त गरेको छ । अखिल (क्रान्तिकारी) को यो बैठकलाई नेपालको विद्यार्थी आन्दोलन मात्र होइन, समग्र कम्युनिष्ट आन्दोलनलाई नयाँ क्रान्तिकारी दिशा दिने ऐतिहासिक मोडका रूपमा मूल्यांकन गरिएको छ ।
बैठकको सञ्चालन संगठनका महासचिव क. उषाकिरण आजादले गर्नुभएको थियो । बैठकमा नेकपा (बहुमत) का नेताहरु क. गुणराज लोहनी, क. दिपक चलाउने, क. देवकला, क. विश्वास, क. आजाद, क. अविरल, क. मिलन राई, क. प्रतिमा बजगाई, क. विवेकलगायत नेताहरू अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया