News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

नेकपा (बहुमत) कैलालीले शुरु गर्‍यो जनसंविधानका लागि जनसंघर्ष अभियान

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ७ नं. ब्युरो अन्तर्गत कैलाली जिल्लाले जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु गरेको छ । उद्घाटन गरिएको कार्यक्रममा पार्टी केन्द्रीय सचिवालय समिति सदस्य ७ नं. ब्युरो इन्चार्ज प्रतिक र कैलाली जिल्ला इन्चार्ज गणेश रैकाल उपस्थित कार्यक्रमलाई सम्बोधन गर्दै ७ नं. ब्युरो इन्चार्जले जनताको अधिकार, जनतासँगको सम्बन्ध विस्तार तथा भ्रष्टाचार विरोधी कठोर संघर्ष नै अभियानको मुख्य लक्ष्य रहेको बताए ।
साथै जिल्ला इन्चार्ज गणेश रैकालका अनुसार, “यो व्यवस्था दलालहरूद्वारा सञ्चालन हुँदै आएको हुँदा अहिले हुने निर्वाचनको पूर्णरूपमा बहिष्कार गर्नुपर्ने“ आवश्यकता पार्टीले महसुस गरेको छ । साथै उनले विद्यमान संविधान जनताको हितमा निर्माण हुन नसकेको भन्दै यसलाई “दलाल र माफियाहरूको संविधान” को रूपमा व्याख्या गरे । उनले भने, “यस संविधानले नेपाली जनताको रक्षा गर्न सकेन, त्यसैले अब जनसंविधानका लागि सबै तयार हुनुपर्छ ।” देशको वर्तमान राजनीतिक संकट समाधान गर्न स्वाधीन सरकार निर्माण नै विकल्प भएको उनको भनाइ थियो । साथै जिल्लाका सेक्रेटरी रमेश साँउदले अभियान जिल्लाभरी नै चल्ने बताएका छन् ।

प्रतिक्रिया