
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र फरक प्यानल बनाएर प्रतिस्पर्धा गरेका नेताहरूमाथि निषेधको राजनीति अपनाएको आरोप लागेको छ । पूर्वराष्ट्रपति विद्या भण्डारीको समर्थनमा अलग प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेलाई ओलीले महाधिवेशनपछि समेत उपेक्षा गरेका छन् । अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल र महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेलाई मात्र होइन, उनीहरू पक्षका कुनै पनि पदाधिकारी उम्मेदवारलाई ओलीले खुलातर्फको केन्द्रीय सदस्यको सूचीमा समेत समावेश गरेनन् । दुईतिहाइभन्दा बढी मत रहेको ओली पक्षले निषेधको नीति अपनाउँदा त्यसको प्रत्यक्ष असर देखिएको नेताहरूको भनाइ छ । यही कारण सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यको निर्वाचनमा पराजित भएको बताइन्छ । यसको विपरीत, ईश्वर–सुरेन्द्र पक्षले केपी ओली, शंकर पोखरेलसहित ओली प्यानलका अधिकांश पदाधिकारी उम्मेदवारलाई केन्द्रीय सदस्यको सूचीमा राखेको थियो । ईश्वर प्यानलबाट पराजित एक पदाधिकारी उम्मेदवारले भने, “हामीले सहकार्यको हात बढायौँ तर उहाँले निषेधको नीति लिनुभयो । यसरी पार्टी चलाइयो भने सबैको योग्यता, क्षमता र योगदान उपयोग हुन सक्दैन ।”
निर्वाचनपछि सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीलाई बधाई दिएका पोखरेल र पाण्डेलाई समेत शपथ ग्रहण समारोहमा बोलाइएको थिएन । बन्दसत्रको अध्यक्षमण्डलका अध्यक्षको हैसियतमा रहेका ओलीले उनीहरूलाई शपथ कार्यक्रममा सहभागी गराउन आवश्यक ठानेनन् । निर्वाचन आयोगले पनि मुख्य प्रतिस्पर्धी नेताहरूलाई शपथ समारोहमा समेट्न पहल नगरेको बताइन्छ । शपथ समारोहमा बोलावटको आशामा रहेका पोखरेल र पाण्डे दुवैले कार्यक्रममा सहभागिता जनाएनन् । यस घटनाले एमालेभित्र आन्तरिक एकतामाथि गम्भीर प्रश्न उठाएको छ ।
प्रतिक्रिया