
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । प्राविधिक तथा व्यावसायिक तालीम परिषद् (CTEVT) भित्र देखिएको प्रशासनिक अकर्मण्यता, निर्णयहीनता र आर्थिक अपारदर्शिताले प्राविधिक शिक्षाक्षेत्र गम्भीर संकटमा परेको भन्दै नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले परिषद् सुधारका लागि शिक्षा मन्त्री महावीर पुनलाई नौबुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । संगठनले चालु शैक्षिक वर्षमा दशौँ हजार विद्यार्थीले आवेदन दिएको अवस्थामा पनि CTEVT अन्तर्गतका अधिकांश शिक्षालयमा नर्सिङसहित स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन हुन नसक्नु राज्यको प्राविधिक तथा स्वास्थ्य शिक्षा विस्तार गर्ने नीतिविपरीत भएको ठहर गरेको छ । परिषद्कै स्वीकृति हुँदाहुँदै पनि सदस्य सचिवको अकर्मण्यताका कारण आङ्गिक शिक्षालयमा कार्यक्रम ठप्प भएको संगठनको आरोप छ । ध्यानाकर्षणपत्रमा आङ्गिक शिक्षालयमा नर्सिङ तथा अन्य स्वास्थ्य कार्यक्रम तत्काल सञ्चालन गर्न, प्रयोगात्मक अभ्यासका लागि संघीय तथा प्रदेश सरकार मातहतका १०० शैयाभन्दा माथिका सरकारी अस्पताल प्रयोग गर्न मन्त्रिपरिषद् स्तरको निर्णय गर्न माग गरिएको छ ।
यसैगरी निजी साझेदारी तथा प्रतिष्ठानअन्तर्गत सञ्चालनमा रहेका शिक्षालयलाई गैरकानुनी रूपमा सम्बन्धन दिएको विषयमा गठित कार्यदलको प्रतिवेदन खारेज गरी निष्पक्ष छानबिन गर्न र दोषीमाथि कडा कारबाही गर्न संगठनले माग गरेको छ । CTEVT का पदाधिकारी नियुक्ति गर्दा पेश गरिएका व्यावसायिक योजनाअनुसार कार्यसम्पादन भए–नभएको सार्वजनिक परीक्षण गर्नुपर्ने र असफल देखिए सम्बन्धित पदाधिकारीलाई बर्खास्त गरी योग्य तथा सक्षम व्यक्ति नियुक्त गर्नुपर्ने माग पनि ध्यानाकर्षणपत्रमा समेटिएको छ । परिषद् कार्यालय तथा मातहतका निकायमा कार्यरत कर्मचारीहरूको नियमअनुसार सरुवा गर्न, मनोमानी जिम्मेवारी वितरण अन्त्य गर्न र सुशासन कायम गर्न संगठनले जोड दिएको छ । साथै परिषद्भित्र देखिएको आर्थिक अपारदर्शिता अन्त्य गर्न CGAS तथा PAMS प्रणाली तत्काल कार्यान्वयन गर्न, स्तर निर्धारण तथा सम्बन्धन प्रक्रियामा हुने आर्थिक चलखेलबारे उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरिएको छ ।
संगठनले परिषद्का महाशाखा तथा कार्यालयहरूबाट सम्पादन गरिएका कार्य विवरण सार्वजनिक गर्नुपर्ने माग पनि अघि सारेको छ । प्रदेश संयोजक पारस राहादी मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा मागहरू तत्काल सम्बोधन नभए CTEVT सुधारका लागि आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनी दिइएको छ । प्रदेश इन्चार्ज तथा केन्द्रीय सचिव डिबी शाहीको नेतृत्वमा ध्यानाकर्षणपत्र बुझाइएको कार्यक्रममा प्रदेश संयोजक पारस राहादी मगर, CTEVT अध्यक्ष सुरेश नेपाली तथा प्रकाश केसी सहभागी थिए ।



१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
५वैचारिक संघर्षबारे
प्रतिक्रिया