News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

अवैध लेनदेन र जग्गा हिनामिनाको आरोपमा नेकपा (बहुमत) सिरहाद्वारा सांकेतिक कारबाही

सिरहा । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले अवैध सूदखोरी, अनुचित लेनदेन र जग्गा हिनामिनामा संलग्न व्यक्तिविरुद्ध कारबाही अगाडि बढाएको जनाएको छ । पार्टीले जारी गरेको सूचना अनुसार अनुचित लेनदेनमार्फत आर्थिक अपराध गरिएको ठहर गर्दै उक्त कदम चालिएको हो । पार्टीका अनुसार सिरहा जिल्लाको अर्नमा गाउँपालिका–३ निवासी श्री सिताराम गेरुको परिवारसँग सम्बन्धित लेनदेनमा गम्भीर अनियमितता देखिएको छ । पीडित ललिता देवी पाल गेरुसँग २०७८ वैशाख ३० गते हर्षित चौधरीले ६ लाख रुपैयाँ ऋण दिएको र सो ऋणका नाममा १२ लाख रुपैयाँ बराबरको कागज तथा चार कट्ठा जग्गा पास गराइएको आरोप लगाइएको छ । त्यस्तै, ऋण धितो राखिएको चार कट्ठा जग्गाको वास्तविक अवस्था तथा विवरणबारे जानकारी नदिई पछि सोही जग्गा अर्कै व्यक्तिको नाममा नामसारी गरिएको पार्टीको दाबी छ । विवादित उक्त जग्गा हालसम्म समाधान नभएसम्म जोतभोग नगर्न पार्टीले स्पष्ट चेतावनी दिएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले उक्त विषय पार्टीको निगरानीमा रहेको जनाउँदै पीडित र सम्बन्धित पक्षबीच समस्या समाधान नभएसम्म कुनै पनि पक्षले जग्गा जोतभोग गरेमा त्यसबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने चेतावनी दिएको छ ।
यसै बिच विजय लघुवित्त बैंक वन्दीपुरले जोगिन्द्र सदायको जग्गा लिलाम गरी हडप्न खोजेकोेले सिरहा जिल्ला पार्टीले उक्त जग्गामा ब्यानर राखी जग्गा आप्‌mनो नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया