News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

नेकपा (बहुमत) चितवनले शुरु गर्‍यो जनसंविधानका लागि जनसंघर्ष अभियान

चितवन । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ३ नं. ब्युरो अन्तर्गत चितवन जिल्लाले जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु गरेको छ । उद्घाटन गरिएको कार्यक्रममा पार्टी केन्द्रीय सचिवालय समिति सदस्य तथा चितवन इन्चार्ज धुर्वले कार्यक्रमलाई सम्बोधन गर्दै जनताको अधिकार, जनतासँगको सम्बन्ध विस्तार तथा संगठन बिस्तार नै अभियानको मुख्य लक्ष्य रहेको बताए ।
साथै जिल्ला इन्चार्ज धुर्वले “यो व्यवस्था दलालहरूद्वारा सञ्चालन हुँदै आएको हुँदा अहिले हुने निर्वाचनको पूर्णरूपमा बहिष्कार गर्नुपर्ने“ आवश्यकता पार्टीले महसुस गरेको र विद्यमान संविधान जनताको हितमा निर्माण हुन नसकेको भन्दै यसलाई “दलाल र माफियाहरूको संविधान” को रूपमा व्याख्या गरे । उनले भने, “यस संविधानले नेपाली जनताको रक्षा गर्न सकेन, त्यसैले अब जनसंविधानका लागि सबै तयार हुनुपर्छ ।” देशको वर्तमान राजनीतिक संकट समाधान गर्न स्वाधीन सरकार निर्माण नै विकल्प भएको उनको भनाइ थियो । अभियान पौष ६ देखि चैत्र ६ सम्म ३ महिना चल्ने अभियानमा सहभागी एक नेताले बताए ।

प्रतिक्रिया