
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालको वैदेशिक व्यापार ८ खर्ब ८२ अर्ब ६९ करोड रुपैयाँ नाघेको छ । भन्सार विभागका अनुसार साउनदेखि मंसिरसम्मको अवधिमा भएको वैदेशिक व्यापार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.०७ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको यही अवधिमा नेपालले ७ खर्ब ३५ अर्ब १४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो । यद्यपि व्यापार वृद्धिसँगै व्यापार घाटा पनि बढ्दै गएको देखिएको छ । चालू आवको पाँच महिनामा नेपालले ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो घाटा ५ खर्ब ८७ अर्ब ८२ करोड रुपैयाँ रहेको थियो । भन्सार विभागका तथ्यांकअनुसार पाँच महिनामा ७ खर्ब ६६ अर्ब १८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.८३ प्रतिशतले बढी हो । गत वर्ष यस अवधिमा ६ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँको आयात भएको थियो ।
यसैगरी, निर्याततर्फ भने उल्लेख्य सुधार देखिएको छ । साउनदेखि मंसिरसम्म एक खर्ब १६ अर्ब ५० करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५८.१७ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष यस अवधिमा ७३ अर्ब ६५ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । आयाततर्फ फलाम, कच्चा भटमासको तेल, डिजेल, पेट्रोल, एलपी ग्यास र स्मार्टफोन प्रमुख वस्तु रहेका छन् । आयात भएको भटमासको तेल प्रशोधन गरी ठूलो मात्रामा निर्यात गरिएको भन्सार विभागले जनाएको छ । निर्याततर्फ अलैँची, गलैँचा, सूर्यमुखीको तेल, पाम तेललगायत वस्तुहरू अग्रस्थानमा रहेका छन् ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
प्रतिक्रिया