
१रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
२अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
३राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
४माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
६फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
७दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
८प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
९एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
१०क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
११सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
१२नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
७आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
८रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
दार्चुला । कम्युनिस्ट युवा संगठन नेपाल दार्चुला जिल्ला समितिले शैल्यशिखर नगरपालिका नगर प्रमुखलाई ७ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ । शोषण, दमन, अन्याय र उत्पीडनविरुद्ध संघर्षरत क्रान्तिकारी युवा संगठनका रूपमा परिचित संगठनले भ्रष्टाचार, कुशासन, मिटरब्याज आतंक, वित्तीय शोषण र सामाजिक विकृति–विसंगतिविरुद्ध निर्णायक संघर्ष गर्नु आफ्नो ऐतिहासिक जिम्मेवारी भएको जनाएको छ । ज्ञापनपत्रमार्फत संगठनले शैल्यशिखर नगरपालिका सीमित गुट, ठेकेदार र स्वार्थी शक्तिको प्रभावमा पर्दै गएको आरोप लगाएको छ । स्थानीय तह जनताको घरआँगनको सरकार हुनुपर्ने भए पनि जनमुखी सेवा प्रवाह कमजोर बन्दै गएको भन्दै संगठनले चिन्ता व्यक्त गरेको छ । युवाहरू बेरोजगारी, शिक्षा र सीपको अभावका कारण निराश बन्दै पलायन हुन बाध्य भएको उल्लेख गर्दै संगठनले युवाशक्तिको उपेक्षा भविष्यप्रति नै षड्यन्त्र भएको बताएको छ । संगठनले नगरपालिकासमक्ष वित्तीय शोषण र दलालीमा संलग्न व्यक्ति तथा समूहलाई कारबाही गर्न, युवाका लागि उत्पादनमूलक रोजगारी र सीपमूलक तालिम कार्यक्रम तत्काल लागू गर्न माग गरेको छ । साथै वडा नम्बर ९ स्थित वादी टोलमा शौचालय र खानेपानीको चरम अभाव रहेकाले तत्काल पहल गर्नुपर्ने माग गरिएको छ ।
यसैगरी, सार्वजनिक बजेट दुरुपयोगको अनुसन्धान गरी कारबाही गर्न, २०७९ यता नगरपालिकाबाट दिइएका कोटेसनहरूको पूर्ण विवरण र कार्यसम्पन्न तस्वीर सार्वजनिक गर्न तथा निर्वाचित जनप्रतिनिधिहरूको सम्पत्ति विवरण उपलब्ध गराउन माग गरिएको छ । गोकुलेश्वर अस्पतालमा आवश्यक संरचना, उपकरण र औषधिको व्यवस्था गर्न तथा गोकुलेश्वर बजारमा अव्यवस्थित पार्किङका कारण बढ्दो सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न ट्राफिक व्यवस्थापन गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा समेटिएको छ । यदि मागहरू गम्भीरतापूर्वक सम्बोधन नगरिएमा उत्पीडित जनता र युवाशक्तिको साथमा चरणबद्ध र सशक्त संघर्षका कार्यक्रम अघि बढाइने चेतावनी संगठनले दिएको छ ।




१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
प्रतिक्रिया