
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
कैलाली । कम्युनिस्ट युवा संगठन नेपाल कैलालीको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले निशान्त विकको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरेको छ । संगठनका केन्द्रीय संयोजक झलक विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नेकपा (बहुमत) का ७ नम्बर ब्युरो इन्चार्ज प्रतिकको बिशेष उपस्थिति रहेको थियो । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि विश्वकर्माले देश गम्भीर राजनीतिक, आर्थिक र सामाजिक संकटमा रहेको उल्लेख गर्दै सबै युवाहरू एकताबद्ध भएर संघर्षमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
विशेष अतिथि प्रतिकले देशको स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्न वैज्ञानिक समाजवादी क्रान्ति अपरिहार्य भएको बताए । भेलामा कैलाली जिल्ला पार्टी ईन्चार्ज रोशन रैकाल, संगठनका ६/७ नम्वर व्युरो ईन्चार्ज दिपेन्द्र सिंह ऐरी, संगठनका ३ नम्वर व्युरो इन्चार्ज भुवन रम्तेल, कैलाली जिल्ला पार्टी सचिव रमेश सांउद लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया