News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

कम्युनिस्ट युवा संगठन नेपाल कैलालीको भेला सम्पन्न, अध्यक्षमा निशान्त विक

कैलाली । कम्युनिस्ट युवा संगठन नेपाल कैलालीको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले निशान्त विकको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरेको छ । संगठनका केन्द्रीय संयोजक झलक विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नेकपा (बहुमत) का ७ नम्बर ब्युरो इन्चार्ज प्रतिकको बिशेष उपस्थिति रहेको थियो । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि विश्वकर्माले देश गम्भीर राजनीतिक, आर्थिक र सामाजिक संकटमा रहेको उल्लेख गर्दै सबै युवाहरू एकताबद्ध भएर संघर्षमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
विशेष अतिथि प्रतिकले देशको स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्न वैज्ञानिक समाजवादी क्रान्ति अपरिहार्य भएको बताए । भेलामा कैलाली जिल्ला पार्टी ईन्चार्ज रोशन रैकाल, संगठनका ६/७ नम्वर व्युरो ईन्चार्ज दिपेन्द्र सिंह ऐरी, संगठनका ३ नम्वर व्युरो इन्चार्ज भुवन रम्तेल, कैलाली जिल्ला पार्टी सचिव रमेश सांउद लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

ट्रेन्डिङ