
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
भारत/प्रवास । प्रगतिशील नेपाली जन समाज समिति केन्द्रीय समितिअन्तर्गत पंजाब–हरियाणा–राजस्थान संयुक्त राज्यको राज्य भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त भेला राज्य संयोजक दीपक थापाको अध्यक्षतामा सम्पन्न भएको हो । भेलामा जन समाजका केन्द्रीय संयोजक दीपक तिरुवा, केन्द्रीय सल्लाहकार गोविन्द पाण्डे तथा केन्द्रीय कार्यालय सदस्य अशोक शर्माको विशेष उपस्थिति रहेको थियो । भेलाले १५ सदस्यीय संयुक्त राज्य समिति चयन गरेको छ । नवगठित समितिमा दीपक थापा संयोजक चयन भएका छन् ।
सदस्यहरूमा शान्ता बस्नेत, तुलसी पुन, कुलवीर विक, बाबुराम विक, सेरबहादुर ओड, विष्णु भट्ट, सुरेश परियार, कमला गुरुङ, विनबहादुर, कृष्ण बुढाथोकी, गंगा ओली, सिमा रुचाल, बुद्ध विक र पुणवीर महरा रहेका छन् । भेलालाई सम्बोधन गर्दै केन्द्रीय संयोजक दीपक तिरुवाले नवगठित समितिलाई शुभकामना व्यक्त गर्दै भारत प्रवासमा अस्थायी वा स्थायी रूपमा बसोबास गरिरहेका नेपालीहरूको समानता र हक–हितका लागि लड्ने एक मात्र संगठन प्रगतिशील नेपाली जन समाज समिति भएको बताए । उनले स्वदेशमै गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारी सुनिश्चित गर्न सशक्त संघर्ष आवश्यक रहेकोमा जोड दिए ।
त्यसैगरी केन्द्रीय सल्लाहकार गोविन्द पाण्डेले नेपालका वर्तमान राजनीतिक परिस्थिति र जेन–जी विद्रोहका विषयमा स्पष्ट पार्दै भारत प्रवासमा रहेका सम्पूर्ण नेपाली जनताको मुक्ति वैज्ञानिक समाजवादी क्रान्तिमार्फत मात्र सम्भव हुने धारणा व्यक्त गरे। उनले सबैलाई क्रान्तिको पक्षमा उभिन आग्रह गरे । केन्द्रीय कार्यालय सदस्य अशोक शर्माले प्रगतिशील नेपाली जन समाज समिति भारत प्रवासमा रहेका सम्पूर्ण नेपालीहरूको वास्तविक प्रतिनिधि संगठन भएको उल्लेख गर्दै संगठन विस्तारमा जोड दिनुपर्ने बताए र नवगठित समितिलाई शुभकामना व्यक्त गरे ।
प्रतिक्रिया