
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
सिराहा । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को २ नम्बर ब्यूरोले सञ्चालन गरेको जनसंविधानका लागि तराई–मधेश जनसंघर्ष अभियान अन्तर्गत आज सिराहा सदरमुकाममा कोणसभा सम्पन्न भएको छ । नारा–जुलुससहित नगर परिक्रमा गर्दै आयोजित कोणसभालाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सचिवालय सदस्य तथा अभियान टिमका प्रमुख गौरी मण्डल ले देश अहिले गम्भीर राजनीतिक प्रतिगमनतर्फ धकेलिएको आरोप लगाउनुभयो । उहाँले “पुरानो संविधान कार्यान्वयनमा छैन, नयाँ संविधान पनि बनिरहेको छैन । यथास्थितिको आवरणमा प्रतिगमन भइरहेको छ,” भन्नुभयो ।
मण्डलले देशको सत्ता विदेशी एजेन्डा बोकेका दलालहरूको हातमा पुगेको आरोप लगाउँदै सरकारले एकातिर फागुन २१ गते निर्वाचन घोषणा गरी चुनावी हल्ला फैलाइरहेको र अर्कोतिर आफ्नो स्वार्थ गुम्ने डरले संसद पुनर्स्थापनाको कोलाहल मच्चाइरहेको बताउनुभयो ।
उहाँका अनुसार अहिलेको राजनीतिक निकास न त निर्वाचन हो, न त संसद पुनर्स्थापना नै । “वर्तमान संकटको वास्तविक निकास भनेको स्वाधीन संयुक्त सरकारको गठन र जनसंविधानको निर्माण हो,” मण्डलले स्पष्ट पार्नुभयो । कोणसभामा पार्टीका सिराहा जिल्ला सचिव उचित महरा ले पनि मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन बिन्दु मण्डल ले गर्नुभएको थियो ।
प्रतिक्रिया