
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
लुम्विनी प्रदेश । नेकपा (बहुमत) ५ नम्बर ब्यूरो अन्तर्गत जारी जनसंविधानका लागि जनसंघर्ष कार्यक्रमअन्तर्गत सिस्ने–सुस्ता अभियान र अखिल (क्रान्तिकारी) को विद्यार्थी जागरण अभियान संयुक्त रूपमा सञ्चालन भइरहेको छ। सोही अभियानअन्तर्गत अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेशले राष्ट्रिय स्वाधीनता, नि:शुल्क शिक्षा तथा भ्रष्टाचारको अन्त्यलगायतका मुद्दा उठाउँदै प्रदेशका विभिन्न जिल्लामा विद्यार्थी जागरण अभियान तीव्र पारेको छ।
अभियानको क्रममा रूकुम पश्चिम, सल्यान र दाङका विभिन्न विद्यालयहरूमा संगठन विस्तार तथा सुदृढीकरण कार्यक्रम सञ्चालन गरिएको अखिल (क्रान्तिकारी) ले लुम्बिनी प्रदेशले जनाएको छ। कार्यक्रममा विद्यार्थीहरूलाई वर्तमान शिक्षा प्रणाली, राज्यको चरित्र, शैक्षिक माफियाकरण र भ्रष्टाचारविरुद्ध सचेत गराउँदै वैकल्पिक जनमुखी शिक्षाको पक्षमा संगठित हुन आह्वान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश इन्चार्ज प्रेमप्रशान्त बोहोरा ले वर्तमान शिक्षा प्रणाली दलाल पूँजी र सत्ताधारी वर्गको स्वार्थअनुकूल सञ्चालन भइरहेको आरोप लगाए। उनले भने आजको शिक्षा प्रणालीले श्रमजीवी वर्गका विद्यार्थीलाई ज्ञान होइन, दास बनाउने काम गरिरहेको छ। शिक्षालाई ब्यापारिकरण गरिएको बताउँदै नि:शुल्क, वैज्ञानिक र जनमुखी शिक्षा सुनिश्चित नगरेसम्म विद्यार्थी आन्दोलन नरोकिने बताए। अखिल (क्रान्तिकारी) ले यही उद्देश्यका साथ देशव्यापी विद्यार्थी जागरण अभियान अगाडि बढाइरहेको छ। उनले भ्रष्टाचार र अनियमिततामा संलग्न शैक्षिक नेतृत्वविरुद्ध संघर्ष तीव्र बनाइने पनि स्पष्ट पारे।
अभियानमा अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज प्रेमप्रशान्त बोहोरा, संगठनका सचिवालय सदस्य तथा प्रदेश संयोजक सन्देश सापकोटा, सचिवालय सदस्य सोम्पाल कामी, केन्द्रीय सदस्य नरेन्द्र बिक, केन्द्रीय सदस्य कमल पुनलगायत विद्यार्थी नेताहरूको सक्रिय सहभागिता रहेको थियो।
यसअघि अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश समितिले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति विभिन्न अनियमिततामा जोडिएको भन्दै कारबाही समेत गरेको थियो । अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेशले ले जनसंविधान, राष्ट्रिय स्वाधीनता र जनताको पक्षमा शिक्षा प्रणाली रूपान्तरण नभएसम्म विद्यार्थी आन्दोलन निरन्तर जारी रहने चेतावनीसमेत दिएको छ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया