News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तराष्ट्रिय विशेष न्यूज समाचार

भेनेजुएलामाथि अमेरिकी सैन्य आक्रमणको नेकपा (बहुमत) द्वारा कडा विरोध

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो विरुद्ध अमेरिकी साम्राज्यवादी शक्तिद्वारा गरिएको सैन्य कारबाहीको कडा विरोध गरेको छ । पार्टीले उक्त आक्रमणले विश्वलाई थप अस्थिर बनाउने तथा सार्वभौम राष्ट्रमाथि गरिएको नाङ्गो हस्तक्षेप भएको जनाएको छ । केन्द्रीय समितिद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ कि एक सार्वभौमसत्ता सम्पन्न राष्ट्रमाथि सैनिक तागतको दम्भमा गरिने आक्रमण आधुनिक सभ्यताको उपहास हो । यस्तो कार्यले सत्य मानिसहरू विरुद्धको संगठित हिंसा र साम्राज्यवादी अत्याचारलाई पुष्टि गर्ने पार्टीको ठहर छ । नेकपा (बहुमत) ले २१औँ शताब्दीमा साम्राज्यवादले विश्वव्यापी युद्ध थोपर्ने, प्राकृतिक स्रोतहरू—विशेषतः खनिज र ऊर्जामाथि कब्जा जमाउने, असुरक्षित आप्रवासन बढाउने, महिलामाथि हिंसा र बालश्रम फैलाउने तथा वातावरण विनाश गर्ने कार्य तीव्र बनाएको आरोप लगाएको छ । वक्तव्यमा भेनेजुएलाका प्राकृतिक स्रोत विशेषगरी खनिज तेलमाथिको साम्राज्यवादी लुट रोक्ने प्रयासकै कारण अमेरिकी आक्रामण भएकोे उल्लेख गरिएको छ । यस्ता आक्रमणहरू इरान, प्यालेस्टाइन र अन्य कमजोर राष्ट्रहरूमा समेत देखिँदै आएको पार्टीको दाबी छ ।
पार्टीले विश्वका शान्तिप्रेमी जनता र संयुक्त राष्ट्रसंघसँग शान्तिपूर्ण सहअस्तित्वको अधिकार सुनिश्चित गर्न जोडदार पहल गर्न आग्रह गरेको छ । साथै, एकाधिकार पुँजीवादी अमेरिकी साम्राज्यवादको विरोध शान्तिप्रिय, प्रगतिशील र मानवतावादी शक्तिहरूबाट हुनु आवश्यक रहेको उल्लेख गरिएको छ । साथै नेकपा (बहुमत) ले पूँजीवादी साम्राज्यवादको अन्त्य गरी वैज्ञानिक समाजवादको आधार तयार गर्ने उद्देश्यले अमेरिकाका क्रान्तिकारी शक्तिहरूले सञ्चालन गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै अमेरिकी जनतासमक्ष हार्दिक अपिल गरेको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ